पक्राउ परेका जनकपुरका सुनचाँदी व्यावसायी रिहा हुँदै
बुधबार जनकपुरधाम स्थित आ आफ्ना व्यापारिक प्रतिष्ठानबाटै जिल्ला प्रहरी कार्यालय धनुषाले सुनचाँदी व्यवसायी साह र ठाकुरलाई अपराह्न पक्राउ गरेको थियो भने अन्य दुईलाई धनुषा प्रहरीले गत मंगलबार साँझनै जनकपुरधामको कलवार कुट्टीनजिक ठेलागाडाको पसलमा खाजा खाइरहेका बेला नियन्त्रणमा लिएको थियो ।

२०८० माघ १८ बिहीबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बुधरबार पक्राउ परेका जनकपुरका सुनचाँदी व्यावसायी र कालिगढलाई रिहा गर्ने तयारी भएको छ ।
भ्याट बिल बिना नै सुनचाँदीको कारोवार गरेको सूचनापछि पक्राउ परेका जनकपुरधामका सुनचाँदी व्यावसायी बलराम साहसहित अन्य कालिगढहरुलाई रिहा गर्ने तयारी गरिएको हो ।
जनकपुरधामका सुनचाँदी व्यवसायी बलराम साह र अरुण ठाकुरसहित सिरहा मिर्चैयाका थप दुई कालिगढ सहित सबैजनाको बिहीवार राती नै रिहाईको प्रक्रिया जारी छ ।
राजस्व अनुसन्धान विभागको पथलैया कार्यालयले उनीहरूलाई बिलबिजक बेगर कारोबार गरिएको सुनको प्रचलित बजार मूल्यबराबरको रकम धरौटी लिएर रिहा गर्न लागेको जनाईएको छ ।
सुनचाँदी व्यावसायीलाई रिहा गराउनको लागि जनकपुरधाम उद्योग वाणिज्य सँघका पदाधिकारीहरु कलैया पुगेका हुन् । साहलाई ७ लाख ८० हजार नौ सय नौ रुपैयाँ धरौटी राखेर सुनचाँदी व्यवसायी बलराम साह रिहा हुने भएका हुन् भने अर्का व्यवसायी अरुण ठाकुरसँग चार लाख २७ हजार धरौटी लिइएको छ ।
कालीगढ भनिएका सिरहा मिर्चेयाका अजय सुनारसँग बलरामसँग लिइएको रकम बराबर र सञ्जय सुनारसँग अरुणबाट लिइएको रकम बराबर धरौटी लिइनेछ । विभागको पथलैया कार्यालयका प्रमुख प्रेम देवकोटाले प्रहरी प्रतिवेदनमा बरामद समानको मूल्य अनुसार कायम रकम बराबर धरौटी लिई पक्राउ परेकालाई रिहा गरिए पछि पनि अनुसन्धान जारी रहने जानकारी दिए ।
बुधबार जनकपुरधाम स्थित आ आफ्ना व्यापारिक प्रतिष्ठानबाटै जिल्ला प्रहरी कार्यालय धनुषाले सुनचाँदी व्यवसायी साह र ठाकुरलाई अपराह्न पक्राउ गरेको थियो भने अन्य दुईलाई धनुषा प्रहरीले गत मंगलबार साँझनै जनकपुरधामको कलवार कुट्टीनजिक ठेलागाडाको पसलमा खाजा खाइरहेका बेला नियन्त्रणमा लिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…