मधेश सरकार स्पष्ट योजनासहित काम गर्न चाहेको छः अर्थमन्त्री यादव
प्रतिबद्धताका अन्य बुँदामा प्रदेश नीति तथा योजना आयोगले विकास साझेदारसँग योजना निर्माण, कार्यान्वयन, संयुक्त अनुगम, वार्षिक कार्यप्रगति समीक्षा, विकास साझेदारको डाटाबेस निर्माण गरी विकास साझेदारको विज्ञता अनुरुप नव प्रवर्तन असल अभ्यास, अनुभवलाई मधेश प्रदेशको विकासको नीति कार्यक्रम र बजेटको मूल प्रवाहीकरण गर्ने उल्लेख छ ।

२०८० माघ १८ बिहीबार, दिउँसो १२:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा बुधबार सम्पन्न भएको मधेश विकास सम्मेलन २०८० ले पाँच बुँदे जनकपुरधाम प्रतिबद्धता पत्र पारित गरेको छ ।
मधेश प्रदेश सभाका अर्थ तथा योजना समितिको आयोजनामा भएको मधेश विकास सम्मेलनले नेपालको संविधानले तय गरेको संघीयताको अवधारणा अनुरुप मधेश प्रदेश सरकारको प्राथमिकताहरूलाई तीनै तहका सरकारबाट पहिचान र कार्यान्वयन एवम् आवश्यक सहजीकरण गर्नका लागि अनुरोध गर्दै प्रदेश तथा स्थानीय तहको क्षमता विकास लक्षित वर्गमा विकासको पहुँच पु¥याउन नीतिगत समन्वय र सहकार्य गरिने उल्लेख रहेको छ ।
यसका साथै दिगो विकासको लक्ष्य प्राप्तिका लागि नेपाल सरकारले राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता पूरा गर्नका लागि मधेश प्रदेश सभा, मधेश सरकार तथा मधेश प्रदेशका नीति तथा योजना आयोगले लिएको लक्ष्य तथा नीतिगत विषयहरूको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघीय निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सहकार्य समन्वय गरेर काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख रहेको छ ।
प्रतिबद्धताका अन्य बुँदामा प्रदेश नीति तथा योजना आयोगले विकास साझेदारसँग योजना निर्माण, कार्यान्वयन, संयुक्त अनुगम, वार्षिक कार्यप्रगति समीक्षा, विकास साझेदारको डाटाबेस निर्माण गरी विकास साझेदारको विज्ञता अनुरुप नव प्रवर्तन असल अभ्यास, अनुभवलाई मधेश प्रदेशको विकासको नीति कार्यक्रम र बजेटको मूल प्रवाहीकरण गर्ने उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…