न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर ८ हुलाकी सडकदेखी विष्णु गाउँपालिकाको विश्वनाथपुर सम्म जोडने सडकखण्डमा बाटो कब्जा गरि अनाधिकृत रुपमा बनाइएको घर तथा टहराहरु हटाउने काम सुरु गरिएको छ ।
आज गोडैता नगरपालिका वार्ड २ जयपुर स्थित श्री जनता आधारभुत विधालय चौक नजिक सडकमा अनाधिकृत रुपमा निर्माण गरि बनाइएको ३ वटा टहरा सहित अन्य संरचना डोजर प्रयोग गरि हटाइएको हो ।
संघिय सरकारको सडक डिजिजनबाट निर्माण हुन लागेको गोडैता नरपालिका वडा नम्बर ८ हुलाकी सडकदेखि जयपुर हुँदै बिष्णु गाउँपालिका वडा नम्बर ४ विश्वानाथपुर जोडने ६ किमि पक्की सडक खण्डमा निर्माण गरिएका अवैध संरचनाहरुलाई प्रदेश सांसद फकिरा महतोको पहलमा खाली गराउन सुरु गरिएको महतो निकट विजय कुशवाहाले जानकारी दिए।
शनिबार महतोको अगुवाईमा बर्षौदेखी कब्जा गरि राखिएको सडकलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहयोगमा खाली गराइएको छ ।
सडक खाली गराउन पटकपटक विवाद समेत उत्पन्न भएको थियो, कुशवाहाले भने तर माननीय महतो को संयम र सुझबुझले शान्तिपुर्वक घर तथा टहरा हटाउन सफल भएको उनको भनाई छ ।
भारी संख्यामा सर्वसाधारणहरुद्वारा सडक कब्जा गरिएका कारण सडक निर्माण लगायत विकास निर्माण कार्यमा ढिलाई हुँदै आएका कारण सडकमा अनाधिकृत रुपमा निर्माण गरिएको संरचना हटाउने जिम्मेवारी नै लिएको माननीय फकिरा महतो बताउँछन् ।
सडक अतिक्रमणका कारण सडक निर्माणमा ढिलाई हुँदै आएको थियो । साईट क्लियर नभएर त्यस ठाउँमा सडक पक्की नै गर्ने ठेकेदार कम्पनीले अडान रहेको थियो ।
समयमै साईट क्लियर न भए ठेकेदार निर्माण नै छाडेर फरार हुने गरेका कारण सडक निर्माण कार्यलाई तिब्रता दिलाउन र तोकिएकै समयमा योजना सम्पन्न गराउन आफैं विवादित ठाउँमा पुगी स्थानीयवासीसंग पटकपटक वार्ता तथा छलफल गर्दै आएको उनले थपे ।
सडक अतिक्रमण गरिएका कारण निर्माणमा ढिलाई हुन नदिन विश्वनाथपुर, मधुवनगोठ, बारा, बेल्वाजब्दी भटौलिया, बहादुर लगायत गाउँका विभिन्न विवादित ठाउँमा पुगी आफनै अगुवाईमा सडक कब्जा गरि अनाधिकृत रुपमा निर्माण गरिएका घर, टहराहरु खाली गराएको उनले बताए ।
आफनै कार्यकालमा क्षेत्र भरिका वार्डहरुलाई जोडिने मुख्य मुख्य सडक निर्माण गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।
गोडैताको हुलाकी सडकदेखी विश्वनाथपुरसम्म पक्की सडक निर्माणका लागि राजदेवी भक्त निर्माण कम्पनी, चपुरले ठेक्का पाएको छ ।
गतबर्ष पक्की सडक निर्माणका लागि ठेक्का पाएको राजदेवी भक्त निर्माण कम्पनी चपुरका ठेकेदार चन्द्रिका साहले बताए ।
बजेट अभावका कारण केही महिना काम रोक्नुपरेको थियो, उनले भने । अगामी असोज महिनासम्म निर्माण पुरा गर्न सक्ने समयावधि रहेको बताउदै साइट क्लियर समयमै भयो भने तोकिएको समयअवागवै निर्माण सम्पन्न गरिने उनले दाबी गरे ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…