सिरहाको माडर नाकामा सशस्त्रका डिएसपी दाहालले खोले तस्करीको लाईन, गणपति समात्दै 

२०८० माघ ११ बिहीबार
बेलुकी ६:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाको मुख्य नाका माड़रबाट तस्करीको लाईन खुले सँगै अवैध कपड़ाको तस्करी बढ़न थालेको छ । 

भारतबाट नेपाल नेपाल तर्फ अवैध तस्करीमा माड़र नाकाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक (डीएसपी) राजू दाहालले तस्करी गराए बापत तस्करबाट मोटो रकम लिने गरेको स्रोतको दावी छ ।

माड़र नाकाको पटेर्वा स्थितबाट भन्सार छलीका अवैध कपड़ाको तस्करीको सूचना पाए लगतै सशस्त्र प्रहरी बल नम्बर गण ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको विशेष टोलीले माड़र गुल्मको एरिया सिरहा नगरपालिका १२ सारस्वर स्थितबाट करीब ७ लाख बढ़ी मूल्य बराबरको अवैध कपड़ा बरामदा गरेको सशस्त्र प्रहरीबल सिरहाका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरिक्षक (डीएसपी) दिपेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार, मंगलबार बेलुका करिब ६ बजेको समयमा सिरहा नगरपालिका वडा नम्बर १२ सारस्वर स्थितको कमला बाँधब भारतबाट अबैध रुपमा नेपालतर्फ आउदै गरेको दुई वटा मोटरसाईकलमा बोकी ल्याउदै गरेको अन्दाजी मुल्य लाख  ८१ हजार ८ सय मूल्य बराबरको अवैध  कपडा र मुल्य एक–एक लाख गरी जम्मा २लाख बराबरको २ थान मोटरसाईकल गरी  ७ लाख  ८१ हजार ८ सय मूल्य बराबरको अवैध समान नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाईएको उनले जानकारी दिए ।

  • 0%
  • 93%
  • 0%
  • 0%
  • 0%
  • 1%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८० माघ ११ बिहीबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus