नापी सर्भेक्षक यादवसहित तीन जना कर्मचारी २ लाख ५० हजार घुससहित रँगेहात पक्राउ
सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट २ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर नापी कार्यालय परिसरवाट मँगलबार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो । प्रवक्ता नरहरि घिमिरेका अनुसार, तीनै जनालाई पक्राउ गरी अख्तियारको कार्यालय लगिएको हो ।

२०८० माघ १० बुधबार, बिहान ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नापी कार्यालयका नापी सर्वेक्षक रामविर यादवसहित तीन कर्मचारी घुससहित रँगेहात पक्राउ परेका छन् ।
नापी कार्यालय ललितपुरमा कार्यरत नापी सर्भेक्ष रामविर यादवसहित अन्य दुई कर्मचारी २ लाख ५० हजार रुपैयाँ घुस रकमसहित रँगेहात पक्राउ परेका छन् ।
नापी कार्यालय लतितपुरका नापी सर्भेक्षक यादवसमेतले जग्गा कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो ।
सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट २ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर नापी कार्यालय परिसरवाट मँगलबार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो ।
प्रवक्ता नरहरि घिमिरेका अनुसार, तीनै जनालाई पक्राउ गरी अख्तियारको कार्यालय लगिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…