धनुषामा हात्ती आतंक, प्रहरीले गरे ५ राउण्ड फायर ,दर्जन बढी घरमा तोडफोड
न्यूज ब्यूरो | जनकपुरधाम, २४ जेठ । धनुषामा हात्तीले आतंक मच्चाउँदा स्थानीयहरु त्रसित भएका छन् । धनुषाको मिथिला नगरपालिका वडा नं. ७ स्थित आज विहानै करिब ४ बजे जँगली हात्ती गाउँ पसेर वितण्डमा मच्चाएपछि स्थानीयहरु त्रसित भएका थिए । विहानै गाउँ पसेर जँगली हात्तीले स्थानीयहरुको १९ वटा घरमा तोडफोड गरेको छ

२०७५ जेठ २४ बिहीबार, बिहान ८:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २४ जेठ । धनुषामा हात्तीले आतंक मच्चाउँदा स्थानीयहरु त्रसित भएका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ७ स्थित आज विहानै करिब ४ बजे जँगली हात्ती गाउँ पसेर वितण्डमा मच्चाएपछि स्थानीयहरु त्रसित भएका थिए ।
विहानै गाउँ पसेर जँगली हात्तीले स्थानीयहरुको १९ वटा घरमा तोडफोड गरेको छ भने कुनै प्रकारको मानवीय क्षती वा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जँगली हात्ती गाउँ पसेको खवर स्थानीयहरुले ईलाका प्रहरी कार्यालय ढल्केवरलाई दिएपछि तुरुन्तै एक्सनमा आएका प्रहरीले घटनास्थल पुगी ५ राउण्ड फायर गरेर हात्ती धपाएका हुन् ।
प्रहरीले एसएलआर राईफलबाट हात्ती धपाउन ५ राउण्ड हवाय फायर गरेपछि हात्ती पुनः जँगल पसेको प्रहरीले जनाएको छ ।
अहिले त्यहाँको अवस्था समान्य रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…