सप्तरीमा मैथिलीको खुल्ला नृत्य प्रतियोगिता हुँदै, जित्नेलाई १ लाख पुरस्कार

२०८० माघ ७ आइतबार
बिहान १०:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज । मधेश प्रदेशको सप्तरीस्थित मैथिली खुल्ला लोक नृत्य प्रतियोगिता आयोजना गरिएको छ । 

सप्तरी कलाकार संघले आगामी माघ १० गते राजविराजमा खुल्ला लोक नृत्य प्रतियोगिताको आयोजना गरेको हो । 

लोप हुँदै गएको लोक नृत्यको संरक्षण र सम्बर्द्धन गर्न यो प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा झिझिया, जाटजाटिन, सामाचकेवा, डोम कछ र सरस्वती बन्दना नृत्यलाई पहिलो प्रार्थमिकता दिएको आयोजक सप्तरी कलाकार संघका अध्यक्ष रिन्जन कुमार शर्माले जानकारी दिए ।

उनले प्रतियोगितामा सामुदायिक तथा निजि विद्यालय, संघसंस्थाले पनि प्रतियोगिताका निम्ति आवेदन दिन सक्ने बताए । आवेदन पुस २१ गतेसम्म दिन सकिने उनले बताए ।प्रतियोगितामा मैथिली, नेपाली र थारु भाषाको लोक नृत्य प्रस्तुत गर्न सकिने उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख, दोस्रो हुनेलाई रु ५० हजार र तेस्रो हुनेलाई रु २५ हजार पुरस्कार उपलब्ध गराउने आयोजकले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरसहित आसपासका क्षेत्रमा VIP का कुलर, पँखाले बजार लिँदै 

  • २०८० माघ ७ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामसहित आसपासका क्षेत्रहरुमा VIP कम्पनीका कुलर, पँखाहरु अहिले मार्केटमा चलायमान भएको छ ।  गर्मीकौ मौसम चढे लगत्तै बजारमा कुल, पँखाको माग बढेपछि  कम्पनीले आफ्ना उत्पादन बजारभरि छरेका

पूरा पढ्नुहोस्

Bureau Menus