नेकपाकी साँसद यादवले साँसद साहलाई हाने थप्पड, विवाद चर्कियो
न्यूज ब्यूरो | जनकपुरधाम, २३ जेठ । प्रदेश नं. २ को सँसद बैठकपछि एक साँसदले अर्का साँसदलाई थप्पड हानेको घटना सार्वजनिक भएको छ । नेकपा संसदीय दलको कार्यालयमा सांसदलाई झापड प्रहार गरेको घटना सार्वजनिक भएको हो । बुधबार प्रदेशसभा बैठक सकिएपछि संसदीय दलको कार्यालयमा तत्कालीन एमालेका समानुपातिक सांसद मञ्जु

२०७५ जेठ २३ बुधबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २३ जेठ । प्रदेश नं. २ को सँसद बैठकपछि एक साँसदले अर्का साँसदलाई थप्पड हानेको घटना सार्वजनिक भएको छ ।
नेकपा संसदीय दलको कार्यालयमा सांसदलाई झापड प्रहार गरेको घटना सार्वजनिक भएको हो ।
बुधबार प्रदेशसभा बैठक सकिएपछि संसदीय दलको कार्यालयमा तत्कालीन एमालेका समानुपातिक सांसद मञ्जु यादवले धनुषाको क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद एवम् ठेकेदार समेत रहेका किशोरी साहलाई झापड हानेपछि विवाद चुलिएको छ ।
दलको कार्यालयमा सांसदहरुको योजना टाइप गर्ने क्रममा भएको विवादमा यादवले महतोलाई झापड हानेको नेकपाका सांसदहरु बताउँछन् ।
पार्टीका सांसदहरुले बुझाएको योजना मन्त्रालय पठाउन कम्प्युटरमा टाइप गर्ने व्यक्तिसित सांसद यादवको विवाद चुलिएको थियो ।
सांसद यादवले आफ्नो योजना आफैं टाइप गर्ने बताएपछि उनीहरुबीच विवाद बढेको थियो।
कम्प्युटर अपरेटरसँग सांसद यादवको सामान्य भनाभन भइरहँदा सांसद साह झोक्किँदै आएर ‘बकबक गर्छस्, बढी बोले २ झापड हान्छु’ भन्दै दुर्व्यवहार गरेका थिए।
सांसद साहको अपशब्द सुनेपछि आक्रोसित भएकी सांसद यादवले झापड प्रहार गरेकी थिइन्।
सांसद साहलाई झापड हान्दा संसदीय दलका नेता सत्यनारायण मण्डल र अर्का सांसद नागेन्द्र साह त्यहीं थिए। सांसदको झापड प्रकरणले नेकपाभित्र विवाद चर्किएको छ। भनेर कान्तिपुर अनलाईनमा समाचार प्रकाशित भएको छ ।
पहिले ठेकेदारी गर्दै आएका साह हाल साँसद भएका छन् । हुलाकी राजमार्ग सडकको विभिन्न ठेक्काहरु लिएर बर्षौदेखि काम पुरा गरेका छैनन भने सर्वसाधारणहरु सडक निर्माणको बारे गुनासो गर्दा साँसदको धाक देखाउँदै आएका थिए ।
हुलाकी सडक निर्माण कार्य अझ अधुरै रहेको छ भने वर्षायाम सुरु भएपनि हालसम्म कार्य पुरा नहुँदा जनकपुर देखि कमला नदिसम्मको सडक बन्द हुने अवस्था आउने गर्दछ ।
साँसद यादवले साहलाई थप्पड हानेपछि ठुलै विवाद चर्किएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…