धनुषामा भेटायो "मोनोक्लेड कोबरा", नागदेवता भन्दै स्थानीयहरु थाले पूजा
न्यूज ब्यूरो | जनकपुरधाम, २३ जेठ । धनुषामा दुर्लभ प्रजातिका मोनोक्लेड कोबरा ( Monocled Cobra ) फेला परेको छ । धनुषाको सबैला नगरपालिका वडा नं. ९ सप्तपोखर (सत्तोखर) स्थित पोखरी नजिकै विशाल मोनोक्लेड कोबरा फेला परेको छ । बुधबार विहानै करिब ६ः३० बजे सप्तपोखरीबाट बाहिर निस्केका बेला नाग स्थानीयहरुले देखे

२०७५ जेठ २३ बुधबार, दिउँसो १:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २३ जेठ । धनुषामा दुर्लभ प्रजातिका मोनोक्लेड कोबरा (Monocled Cobra) फेला परेको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. ९ सप्तपोखर (सत्तोखर) स्थित पोखरी नजिकै विशाल मोनोक्लेड कोबरा फेला परेको छ ।
बुधबार विहानै करिब ६ः३० बजे सप्तपोखरीबाट बाहिर निस्केका बेला नाग स्थानीयहरुले देखेपछि भीड जम्मा भएको थियो ।
पोखरिमै हुँदा उक्त कोबराको थुतुनो प्लास्टिकको गिलासमा फसेपछी त्यसबाट उम्कन बाहिर निस्केका सर्पलाइ स्थानियले समाएका थिए ।
उक्त कोबरा सर्पलाई समाउने क्रममा स्थानीय बिरेन्द्र यादवलाई डसेका छन् भने तत्कालै उपचारका लागि बाहिर लगेका छन।
स्थानीयहरुले तत्कालै प्रहरीलाई पनि खवर गरेका थिए भने धार्मिक कुण्ड मानिने सप्तपोखरीबाट निस्केको भन्दै नागदेवताको दाबी गर्दै समाएर पूजाआजा समेत गरेका छन् ।
अहिले सर्पलाई फलामे पिँजडामा राखिएको छ भने सर्प टोकेर घाईते भएका यादवलाई उपचारको लागि बाहिर पठाइएको छ ।
यता, मिथिला वाईल्ड लाईफ ट्रस्टका अध्यक्ष (स्नेक म्यान) देव नारायण मण्डलले उक्त सर्प नाग नगरहेको तथा कोबराकै प्रजातिमा दुर्लभ मोनोक्लेड कोबरा रहेको न्यूज ब्यूरोसँग भने ।
उनले भने, यो प्रजातीको सर्प धनुषामा भेटाएको नयाँ र पहिलो होईनन, यो पाँचौ हो, यसअघि पनि हामीले धनुषाको विभिन्न ठाउँबाट चार पटक समाति सकेका छौ र उद्धार पनि गरिसकेका छौँ । हाम्रो सँस्कृति र धार्मिक परम्परा नै यस्तो छ की हरेक जनावरलाई कुनै न कुनै देवतासँग सम्बन्धित मानिन्छ र यसै बमोजिम स्थानीयहरुले सर्पलाई पूजाआजा गरेको देखिएको छ ।
३८ देखि ४५ डिग्री सेल्सियस तापक्रममा यो सर्प मर्ने जनाउँदै केही बेर अझ फलामे पीँजडामा राखे सर्प मर्ने सम्भावना प्रबल रहेको दाबी गरे ।
उनका अनुसार, आसपासको क्षेत्रमा विशालु सर्पहरु र कीराहरुको सँख्या नियन्त्रण गर्ने कार्य यो सर्पले गर्दछ ।
सर्पले टोकेर घाईते भएका यादवको बारेमा भन्दै अध्यक्ष मण्डलले यो सर्प टोकेपछि एन्टी स्नेक भेनम लगाउनु पर्ने हुन्छ, जो की नेपालमा उपलब्ध छैन । धरान र काठमान्डौँमा शरिरमा विषको फैलावटको प्रकृति हेरेर उपचार गरिन्छ ।
पोखरीकै डिलमा प्रसिद्ध महादेव मन्दिर स्थापित रहेकोले सर्पलाई स्थानीयहरुले अनौठो र नागदेवता ठहर गर्दै पूजाआजा गरेको पाइएको छ ।
यता, मिथिला वाइल्ड लाईफ ट्रस्ट धनुषाका अध्यक्ष मण्डलले सर्पलाई पीँजडाबाट रिहा गरेर चाँडै उद्धार गर्ने न्यूज ब्यूरोलाई बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…