महोत्तरीमा भिषण डकैती, लुटेराहरुले गरे महिलामाथि आक्रमण
हिन्दी भाषा बोल्ने लुटेरा समूहको कुरा गराइले उनीहरु निकटवर्ती गाउँकै बासिन्दा हुनसक्ने पीडित परिवारको अनुमान छ । जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताए ।

२०८० पुस २७ शुक्रबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा विहिबार राती भिषण डकैती भएको छ । डकैतीको क्रममा दुई महिला समेत घाईते भएकी छन् ।
महोत्तरीको दक्षिणवर्ती मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको प्रहरीले जनाएको छ । लुटेरा समूहको कुटपिटबाट घरका दुईजना महिला घाइते भएका छन् ।
बिहीबार राति घरेलु हतियारसहित पाँच जनाको सङ्ख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो ।
समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताए । आठरनौ तोला बराबरका सुन चाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाखभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् ।
परिवारका तीन दाजुभाइ लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको पीडित परिवारको भनाइ छ ।
हिन्दी भाषा बोल्ने लुटेरा समूहको कुरा गराइले उनीहरु निकटवर्ती गाउँकै बासिन्दा हुनसक्ने पीडित परिवारको अनुमान छ ।
जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…