बाल यौन शोषणको मुद्दामा बम्जनलाई थुनामा राखेर अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतको आदेश
सोही अनुसार सीआईबीले मंगलवार साँझ ठूलो परिमाणमा रकम सहित बम्जनलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि बुधवार राति सडक मार्गबाट मलंगवा ल्याइएर अदालत समक्ष पेश गरेपछि अदालतले बम्जनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए ।

२०८० पुस २६ बिहीबार, बेलुकी ७:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । तपस्वी रामबहादुर बम्जनलाई थुनामा राखी अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ ।
सर्लाही जिल्ला अदालतका ४ नम्वर इजलासका न्यायाधिश विष्णुप्रसाद रेग्मीको एकल इजलासले तपस्वी बम्जनलाई थुनामा राखी आवश्यक अनुसन्धान गर्न आदेश दिएको हो ।
बालयौन शोषण मुद्दामा बादिका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका प्रमुख कैलाश दहालले बहस गरेका थिए भने प्रतिबादी वम्जनको तर्फबाट डा कुन्चाङ लामा, महनिधी सेढाइ, दिलिप झा, अमृत कुमार लामा सहित पाँच जना कानुन व्यवसायीले बहस गरेको थियो ।
तर न्यायाधिश रेग्मीले अभियोग गम्भीर रहेको हुँदा सरकारी वकिलको दलिललाई मध्यनजर राख्दै आरोपित बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका छन् ।
बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्वर १२ का ३० बर्षिय बम्जन विरुद्ध सर्लाही वागमती नगरपालिका वडा नम्व्र १२ की १८ बर्षीयाको आमाले किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय मलंगवामा २०७६ माघ २३ गते दर्ता गराएका थिए । पीडिताको आमाले दिएको जाहेरीमा बलात्कार गरेको गम्भीर आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालयमा “यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण” मुद्दामा बम्जन विरुद्ध २०७७ साल असार २१ जिल्ला अदालत मलंगवाले पक्राउ पुर्जी जारी गरेका थिए ।
सोही अनुसार सीआईबीले मंगलवार साँझ ठूलो परिमाणमा रकम सहित बम्जनलाई पक्राउ गरेर आवश्यक कारवाहीका लागि बुधवार राति सडक मार्गबाट मलंगवा ल्याइएर अदालत समक्ष पेश गरेपछि अदालतले बम्जनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए ।
लिटिल बुद्ध बम्जन विरुद्धको अभियोग पत्र यस प्रकारको छ ?
यौन दुराचार गरेका अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्ति समेत मागदावी सहित अभियोग पत्र दायर गरेको जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बताए । बालबालिका सम्बन्धी ऐन, २०७५ को ६६ को ३ ले यौन सन्तुष्टि प्राप्त गर्ने बालबालिकालाई प्रयोग गर्ने गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर गर्यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन वमोजिम जवरजस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुने छ भन्ने तथा त्यही मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ ग बमोजिम जिल्ला सरकारी वकिल कार्यालयले अभियोग लगाएको छ । १४ वर्ष भन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैद हुनसक्ने कानूनी प्रावधानलाई आधार बनाएर जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोजन पत्र दायर गरेको छ ।
“जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले सर्लाही जिल्ला अदालतमा बम्जन विरुद्ध दायर गरेको अभियोजन पत्रमा “प्रतिवादी राम बहादुर बम्जन भन्ने रामलाल बम्जनले १४ वर्ष भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिकालाई यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गर्ने उक्त कार्य बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) (ज) बमोजिमको र प्रतिवादीहरु तोप्चेङ महात्मा गुरु भनी चिनाउने ज्ञान कुमार बम्जन र जे.बी. गुरु भन्ने जीत बहादुर तामाङले कसुरदारलाई भगाउने, लुकाउने गरेको कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा ३६ (१) र (२) बमोजिमको कसुर गरेको वारदात पुष्टि हुन आउँछ ।”
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…