अफगानिस्तानमा अल कायदाका वरिष्ठ नेता मारिए
काबुल, १९ मङसिर : पूर्वी अफगानिस्तानमा भएको कारबाहीको क्रममा अल कायदाका एक वरिष्ठ कमाण्डर मारिएका छन् । यस कारबाहीको क्रममा अन्य ८० जना सरकार विरोधी आतङ्ककारी पनि मारिएका छन् । अफगानिस्तानको गुप्तचर निकायले मङ्गलबार सो जानकारी दिएको छ । राष्ट्रिय सुरक्षा निर्देशनालय (एडिएस) ले जारी गरेको एक विज्ञप्त

२०७४ मंसिर १९ मंगलबार, राति ११:५६ बजे१ मिनेट पढाइ

काबुल, १९ मङसिर : पूर्वी अफगानिस्तानमा भएको कारबाहीको क्रममा अल कायदाका एक वरिष्ठ कमाण्डर मारिएका छन् ।
यस कारबाहीको क्रममा अन्य ८० जना सरकार विरोधी आतङ्ककारी पनि मारिएका छन् । अफगानिस्तानको गुप्तचर निकायले मङ्गलबार सो जानकारी दिएको छ ।
राष्ट्रिय सुरक्षा निर्देशनालय (एडिएस) ले जारी गरेको एक विज्ञप्तिका अनुसार यस कारबाही अफगान सैनिक, एडिएसका सदस्यहरु र अमेरिकी सेनाको संयुक्तरुपमा भएको जनाएइको छ ।
ओमार खेताब नामक अल कायदाका वरिष्ठ नेता अफगान सेनाले मङ्गलबार बिहान गरिएको सो कारबाहीमा मारिएका बताइएको छ ।
अफगानिस्तानको अल कायदा सञ्जालका यिनी दोस्रो श्रेणीका नेता हुन् । यस कारबाहीमा मारिएका आतङ्ककारी प्रायः अल कायदाका थिए भने दर्जनौँको सङ्ख्यामा तालिवानहरु रहेका जनाइएको छ ।
पूर्वी अफगानिस्तानको गजनीमा सो कारबाही भएको थियो । उक्त क्षेत्रमा ती लडाकूहरु रहेको सूचनाको आधारमा सैनिकले सो कारबाही गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…