धनुषाका एक उदार चिकित्सक, २५% कमाई असहाय बालबालिकामा समर्पित
न्यूज ब्यूरो | जनकपुरधाम, २२ जेठ । चिकित्सक धर्तीको लागि भगवान सरह मानिन्छ । र यस्तैमा आफ्ना उदारतापन देखाएका छन् धनुषाका एक चिकित्सक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ एवम् त्यस विभागका एसिस्टेन्ट प्रोफेसर डा. अरुणकुमार सिंहले आफुले आर्जन गरेको २५ प्रतिशत रकम गरिब, असहाय

२०७५ जेठ २२ मंगलबार, बिहान १०:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २२ जेठ । चिकित्सक धर्तीको लागि भगवान सरह मानिन्छ । र यस्तैमा आफ्ना उदारतापन देखाएका छन् धनुषाका एक चिकित्सक ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ एवम् त्यस विभागका एसिस्टेन्ट प्रोफेसर डा. अरुणकुमार सिंहले आफुले आर्जन गरेको २५ प्रतिशत रकम गरिब, असहाय बालबालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गर्ने घोषणा गरेर उदारतापनको उदाहरण बनेका छन् ।
नियमित अहसायहरुको लागि अग्रसर डा. सिँह उक्त प्रतिष्ठानद्वारा सञ्चालित पेयिङ क्लिनिकबाट आफूले पाउने दैनिक आम्दानीको २५ प्रतिशत रकम बालबालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गर्ने घोषणा लिखत रुपमै गरेर सबैमा मन जितेका हुन् ।
बिभिन्न चोक र गल्लीहरुमा भेटिने सडक बालबालिकाहरुलाई स्वयँम भेटेर सातामा एकदिन नियमित स्वास्थ्य उपचार सेवा दिँदै आएका डा. सिँहले उनीहरुको लागि थप सहयोगको भावना जागृत गर्दै अब आफू पूर्ण रुपमा एशिस्टेन्स प्रोफेर भईसकेकोले आफ्नो कमाईको कमाईको २५ प्रतिशत रकम बालबालिकाको स्वास्थ्यमा खर्च गरिने बताए ।
पाकिस्तानको लाहोरस्थित किङ एडवार्ड मेडिकल युनिभर्सिटीबाट बालरोग विशेषज्ञता हाँसिल गरेका डा. सिंहले प्रतिष्ठानको सह प्राध्यापकमा पदोन्नति भएसँगै सो अवसर पाएका हुन् ।
असहाय बालबालिकाहरुले डा. सिँहलाई आफ्नै अभिभावक सरह दर्जा दिँदै आएको छ भने असहाय बालबालिकाहरुलाई निःशूल्क उपचार गरेर आफूलाई खुसीको कुनै सीमा नरहेको भावना व्यक्त गरे ।
डा. सिँहको यस्तो कदमलाई चौतर्फी प्रशँसा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…