धनुषाको कनकपट्टिमा करेन्ट लागेर दुई दाजुभाईको घटनास्थलमै गयो ज्यान !
न्यूज ब्यूरो | जनकपुरधाम, २१ जेठ । धनुषामा करेन्ट लागेर दुई दाजुभाईको ज्यान गएको छ । जनकपुर उपमहानगरपालिका वडा नं. १७ कनकपट्टि बस्ने बौका साहको दुई छोरोको आफ्नै घरमा विजुली समाग्री रिपेरिँग गरिरहेको बेला करेन्ट लागेर ज्यान गएको हो । ज्यान जानेमा साहको बर्ष २६ का छोरा सुरेन्द्र साह र बर्ष २४ का वीरेन

२०७५ जेठ २१ सोमबार, राति ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २१ जेठ । धनुषामा करेन्ट लागेर दुई दाजुभाईको ज्यान गएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नं. १७ कनकपट्टि बस्ने बौका साहको दुई छोरोको आफ्नै घरमा विजुली समाग्री रिपेरिँग गरिरहेको बेला करेन्ट लागेर ज्यान गएको हो ।
ज्यान जानेमा साहको बर्ष २६ का छोरा सुरेन्द्र साह र बर्ष २४ का वीरेन्द्र साह रहेको जनाइएको छ ।
दुवै दाजुभाई आफ्नै घरमा मेसिनरी समान रिपेरिँग गर्दै गर्दा अचानक करेन्ट लागेर तत्कालै घटनास्थलमै मृत्यू भएको जनाइएको छ ।
आज अपरान्ह करिब ५ बजेतिर घटना भएको स्थानीयहरुले जनाएको छ । यता, मृतक साहद्धयको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…