८ लाख रुपैयाँसहित सिरहाबाट दुई युवक पक्राउ
सशस्त्र प्रहरीको टोलीले अवैध रुपमा भारतबाट नेपाल तर्फ साईकलमा ल्याउदै गरेको अवस्थामा बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ बरियारपट्टी बस्ने बर्ष १९ को ओमनाथ नारायण मण्डल र धनगडीमाई नगरपालिका ७ बस्ने बर्ष १९ को ओम प्रकाश महतोलाई पक्राउ गरिएको हो ।

२०८० पुस १४ शनिबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सशस्त्र प्रहरी बल सिरहाले ८ लाख रुपैयाँसहित दुई युवकलाई पक्राउ गरेको छ ।
सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ बरियारपट्टिी सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपालको चेकजाँचको क्रममा श्रोत नखुलेको ८ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले अवैध रुपमा भारतबाट नेपाल तर्फ साईकलमा ल्याउदै गरेको अवस्थामा बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ बरियारपट्टी बस्ने बर्ष १९ को ओमनाथ नारायण मण्डल र धनगडीमाई नगरपालिका ७ बस्ने बर्ष १९ को ओम प्रकाश महतोलाई पक्राउ गरिएको हो ।
दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाईएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…