जनकपुरको जानकी महिला सञ्जालमा नक्कली हस्ताक्षर गरी दुई कर्मचारीले गरे हिनामिना, दुवै उपर उजुरी
सञ्जालका अध्यक्ष मण्डलले किर्ते हस्ताक्षर गरी पदाधिकारीसमेतलाई अन्योलमा राखेर अनियमितता गरिरहेकाले छानविन गरी कर्मचारीमाथि कारवाही गर्नका लागि जिल्ला प्रहरी कार्यालयमासमेत उजुरी दिएको बताइन् । सञ्जालका सचिव सोनी कुमारी पण्डितले लुम्बिनी विकास बैंकमा रहेको खाता रोक्का गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताइन् ।

२०८० पुस १२ बिहीबार, बिहान १०:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनपकपुरधाम । महिलाहरुले नेतृत्व गरेको जानकी महिला सञ्जालमा दुईजना कर्मचारीले अनियमितताका लागि किर्ते हस्ताक्षर गरेको रहस्य खुलेको छ ।
जानकी महिला सञ्जाल धनुषाका पदाधिकारीको किर्ते हस्ताक्षर गरी ठगी धन्धा गरेको भन्दै कार्यक्रम संयोजक देवकुमार महतो र लेखापाल आलोक पटेलको मिलेमतोमा अध्यक्ष र कोषाध्यक्षको किर्ते हस्ताक्षर गरी रकम निकाल्न खोजेपछि सो रहस्य खुलेको हो ।
जानकी महिला सञ्जाल धनुषाका पदाधिकारीहरुले कार्यक्रम संयोजक महतो र लेखापाल पटेलमाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदै छानविन गरी कारबाहीको माग गरेको छ ।
सञ्जालका अध्यक्ष रीना मण्डल र कोषाध्यक्ष लता लामालाई हटाइ नयाँ म्याइन्युट खडा गरी कार्यक्रम संयोजक महतो र लेखापाल पटेलले कार्यालय र खाता सञ्चालनसम्बन्धी निर्णय गर्दै कार्यालय नै नियन्त्रणमा लिएको आरोप लगाइएको छ ।
जनकपुरधाम– ४ स्थित आनन्दनगरमा रहेको सञ्जालको कार्यालयमा नयाँ ताल्चा लगाउने, सोको साँचो एक थान कार्यक्रम संयोजकले राख्ने र लुम्बिनी विकास बैंकमा रहेको खाता उपाध्यक्ष सरस्वती देवी साहको जिम्मामा रहने निर्णय गर्दै बैंकको खातामा रहेको २२ हजार ४ सय ८६ रुपैयाँ अध्यक्ष मण्डल र कोषाध्यक्ष लामाको किर्ते हस्ताक्षर गरी निकालिरहँदा एकथान चेकसमेत नियन्त्रण लिएको पूर्व कोषाध्यक्ष रुकाकुमारी मिश्राले जानकारी दिइन् ।
सञ्जालका अध्यक्ष मण्डलले किर्ते हस्ताक्षर गरी पदाधिकारीसमेतलाई अन्योलमा राखेर अनियमितता गरिरहेकाले छानविन गरी कर्मचारीमाथि कारवाही गर्नका लागि जिल्ला प्रहरी कार्यालयमासमेत उजुरी दिएको बताइन् । सञ्जालका सचिव सोनी कुमारी पण्डितले लुम्बिनी विकास बैंकमा रहेको खाता रोक्का गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताइन् ।
आरोपित कार्यक्रम संयोजक महतो र लेखापाल पटेलले सचिव पण्डितमाथि हातपात गर्दै अभद्र व्यवहारसमेत गरेको आरोप लगाइन् । सञ्जालका पदाधिकारीसहितलाई कार्यक्रम संयोजक महतो र लेखापाल पटेलले कार्यालयलाईसमेत आफ्नो अधिनमा लिएर किर्ते हस्ताक्षर गरी ठगी गरेको आरोप लगाउँदै छानविन गरी कारवाही गर्नका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेसँग माग गरेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी पाण्डेले तत्काल कारबाही प्रक्रिया अघि बढाउनका लागि जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन समेत दिए ।
उनले कुनै पनि संस्थालाई पदाधिकारीसहित कार्यसमितिले सञ्चालन गर्नुपर्ने व्यवस्था रहेकाले किर्ते काम गरी गलत क्रियाकलाप गरेको पाइएमा कारवाही हुने बताए । यता जिल्ला प्रशासन कार्यालय धनुषाले भने लुम्बिनी विकास बैंकमा रहेको खाता रोक्का गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…