कत्तारमा महोत्तरीका अनिललाई "गोली हानेर" मृत्यूदण्डको फैसला !
न्यूज ब्यूरो | जनकपुरधाम, २१ जेठ । विगत १ वर्षदेखि कत्तारको जेलमा रहेका महोत्तरीका अनिल चौधरीलाई कत्तार अदालतले गोली हान्ने मृत्यूदण्ड सजाय सुनाएका हुन् । गत वर्ष सन् अप्रिल २०१७ कै पहिलो सातादेखि कत्तारी प्रहरीको गिरफ्तमा आएका महोत्तरीको औरही नगरपालिका वडा नं. १ बस्ने अनिल चौधरीलाई तल्लो अदालतले गो

२०७५ जेठ २१ सोमबार, दिउँसो ३:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २१ जेठ । विगत १ वर्षदेखि कत्तारको जेलमा रहेका महोत्तरीका अनिल चौधरीलाई कत्तार अदालतले गोली हान्ने मृत्यूदण्ड सजाय सुनाएका हुन् ।
गत वर्ष सन् अप्रिल २०१७ कै पहिलो सातादेखि कत्तारी प्रहरीको गिरफ्तमा आएका महोत्तरीको औरही नगरपालिका वडा नं. १ बस्ने अनिल चौधरीलाई तल्लो अदालतले गोली हान्ने आदेश सुनाएको हो ।
कत्तारी नागरिक उमैर मोहम्मद उमैर अल रमजानी अल नयुयमीको हत्या अभियोगमा अनिललाई गोली हान्ने आदेश गरिएको हो ।
कत्तारी अदालतका न्यायघिस अल वेदाहिवीको अध्यक्षतामा बसेको ईजलासले उक्त फैसला सुनाएको हो ।
खाडी मुलुकमा नेपालीलाई सुनाइएको यस्तो सजाय अहिलेसम्मकै सबभन्दा कडा सजाय मानिएको हो ।
यता, कत्तार स्थित नेपाली दुतावासले अनिल बचाउको लागि पुनरावेदन अदालत अपिल गरेको हो ।
अनिल बचाउको लागि चाहिने वकिल र अदालत खर्च ३० हजार रुपैयाँ कत्तारी रियाल माग गरेपछि दुतावासले परराष्ट्रय मन्त्रालय मार्फत वैदेशिक रोजगार प्रर्वद्धन बार्डलाई रकम उपलब्ध गराउन माग समेत गरिसकेको हो ।
सन् २०१५ अगष्ट २७ तारिखको मात्र अनिल कत्तार गएका थिए । औरही नगरपालिका वडा नं। १ का श्याम चौधरीका एकमात्र सन्तान २० वर्षिय अनिल चौधरी विगत तिन वर्ष देखि कतार स्थित एक कार वास सेन्टरमा काम गर्दै आएकोमा गत वर्ष उनलाई प्रहरीले हत्या अभियोगमा समातेको थियो ।
यता, दोहा स्थित नेपाली राजदुतावासले कन्सुलर सेवा विभागलाइ विभिन्न मितिमा उक्त मुद्दा सम्बन्धि पत्रहरु समेत पठाएई सकेको पनि छ ।
सर्वोच्च अदालतमा पुनरावेदन गर्न परराष्ट्र मन्त्रालयलाई आवश्यक रकम जुटाउन पहल गरिदिन कन्सुलर सेवा विभागले आग्रह गरिसकेको छ ।
सो आग्रहमा पहल गर्दै परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगार प्रवद्र्धन वोर्डलाई २०७५।१।१४ मा पत्र काटिसकेको छ । फैसला विरुद्ध पुनरावेदन गर्न अनुमानित कतारी ३० हजार रियाल लाग्ने बताइएको थियो ।
सानो पसल थापेर ठेलामा मुरही कचरी बेच्दै आएका अनिल औरही नगरपालिका वडा नं. १ का श्याम चौधरीका एकमात्र २१ वर्षिय सन्तान हुन् ।
दैनिक दुई छाक टार्न समेत धौ धौ पर्ने अनिलका वुवा र आमा छोराको अवस्था वुझेर दिनरात रोईकराई खान समेत छाडिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…