मिर्चैयामा एक महिलाद्वारा झुन्डिएर आत्महत्या
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, २१ जेठ । सिरहामा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । सिरहाको मिर्चैया नपा ५ साझा चौकमा रमेश साहकी ४० वर्षीया श्रीमती रेखा देवी साहले सोमबार करिब साढे ११ बजे आफ्नै घरको छानोमा पासो लगाई आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्ध

२०७५ जेठ २१ सोमबार, दिउँसो १२:४१ बजे१ मिनेट पढाइ

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, २१ जेठ । सिरहामा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । सिरहाको मिर्चैया नपा ५ साझा चौकमा रमेश साहकी ४० वर्षीया श्रीमती रेखा देवी साहले सोमबार करिब साढे ११ बजे आफ्नै घरको छानोमा पासो लगाई आत्महत्या गरेकी हुन् ।
आत्महत्याको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपक कुमार खड्काले जानकारी दिए । घटनापछि शवलाई पोष्टमार्टमको लागि लहान लगिएको छ ।
पासो लगाई आत्महत्या गरेकी साहको श्रीमान हाल वैदेशिक रोजगारमा रहेको छ । उनको जम्मा ३ जना बालबच्चा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…