खजुरी प्रहरीले समाते ड्रग्ससहित एक युवक
सहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले जानकारी दिए ।

२०८० पुस ८ आइतबार, बिहान १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको ईलाका प्रहरी कार्यालय खजुरीले एक युवकलाई लागुऔषध (ड्ग्स) सहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्याल खजुरी मातहतको प्रहरी चौकी ठाडीबाट खटेको प्रहरीको टोलीले विदेह नगरपालिकाको महिनाथपुर नाकाबाट एक भारतीय युवकलाई पक्राउ गरेको हो ।
शनिबार २ः४५ बजेको समयमा भारतबाट नेपाल तर्फ लागुऔषध भरिएको ब्याग लिएर आउँदै गर्दा चेकजाँचको क्रममा भारतको बिहारको महिनाथपुर ९ बस्ने बर्ष २० को श्रवण कुमार मण्डललाई पक्राउ गरेको हो ।
मण्डलले झोलामा लुकाएर ल्याउँदै गरेको (NITRAVAT -10) १० पता (प्रती पता ३० वटाको दरले ३०० वटा टयाव्लेट ,SAMMEX- CAPSULES २४ पता (प्रती पता ६ वटाको दरले १४४ वटा टयटव्लेट , (COUGH-SYRUP-PLESSANT-TASTING) १३ पिससहित पक्राउ परेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…