कमला नगरपालिकाले पुस १५ गते नगरसभा गर्ने
यसको लागि भोली शनिबार जनप्रतिनीधि र कर्मचारीहरुबीच बैठक बसेर वडास्तरीय बजेटको सिलिँग समेत निर्धारण हुने नगर प्रमुख विशेश्वर यादवले जानकारी दिए । मधेश प्रदेशमा कमला नगरपालिका र औरही गाउँपालिका धनुषाले मात्र बजेट पेश गर्न सकेको छैनन् ।

२०८० पुस ६ शुक्रबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाले पुस १५ गते नगरसभा गर्ने सहमति जुटाएको छ ।
यसअघि जनप्रतिनीधिहरुको आन्तरिक किचलो र दलगत मोहले हुन नसकेको नगरसभा आउँदो १५ गते आईतबार हुने तय भएको हो ।
नगर प्रमुख विशेश्वर यादवले शुक्रबार एक सूचना जारी गर्दै आउँदो पुस १५ गते आईतबार नगरसभाको लागि मिति तय गरेको हो ।
विभिन्न वडाका वडाध्यक्ष, मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुबीच वडास्तरीय बजेट बाँडफाँड (सिलिँग), गत आर्थिक बर्षको हिसाबकिताब प्रस्तुति, प्रष्ट योजनाहरुमाथि सहमति हुन नसक्दा रोकिएको नगरसभाको मिति तय गरिएको हो ।
यसको लागि भोली शनिबार जनप्रतिनीधि र कर्मचारीहरुबीच बैठक बसेर वडास्तरीय बजेटको सिलिँग समेत निर्धारण हुने नगर प्रमुख विशेश्वर यादवले जानकारी दिए ।
मधेश प्रदेशमा कमला नगरपालिका र औरही गाउँपालिका धनुषाले मात्र बजेट पेश गर्न सकेको छैनन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…