नगरलाई युवा चाहिएको छ, युवालाई पार्टी अनि कसरी बन्छ त नगर ?: अध्यक्ष यादव

२०८० पौष ४ बुधबार
बेलुकी ६:४९ बजे
बिपी यादव

शिक्षा ज्ञान प्राप्तिको लागि मात्रै नभई मानिसको जीवन र देश, समाज र समुदायको अवस्था नै बदल्न सक्ने बलियो अस्त्र(साधन) पनि हो ।

युवा शक्ति फर्काउनभन्दा पनि यहाँ भएका युवा विद्यार्थी रोक्न स्थानीय  सरकारले नीति बनाई लगानीको वातावरण, शैक्षिक क्षेत्र सुधार र समयमा अवसर प्रदान गर्न सक्नुपर्छ ।

नगर निर्माणमा युवाको भूमिकालाई उपेक्षा गर्न सकिँदैन । युवा शक्ति भविष्यको नगर निर्माणको संवाहक हो । युवा प्रगतिका अग्रगामी दूत हुन् । तिनको शिक्षा, विद्यालयमा हुने हुर्काइले समृद्ध भविष्यको लागि जगको काम गर्छ । तर, कमला नगरपालिकाको वर्तमान परिदृश्यले भने निराशाजनक प्रस्तुत गरेको छ । 

सबै तहका शिक्षामा लगानी, रोजगारी सृजनाले बौद्धिक पलायन रोक्न सक्छ। युवा शक्ति फर्काउनभन्दा पनि यहाँ भएका युवा विद्यार्थी रोक्न स्थानीय  सरकारले नीति बनाई लगानीको वातावरण, शैक्षिक क्षेत्र सुधार र समयमा अवसर प्रदान गर्न सक्नुपर्छ । 

बुद्धिजीवी वा बौद्धिक वर्ग त्यो हुन जसले नगर, समाज र समुदायमा निम्त्याएको असमानता, अन्याय र अस्थिर लगायत समस्या र नवीन कार्ययोजना सहितको भावी संकल्पमाथी टिप्पणी गर्ने, मार्ग देखाउने र समाधान निकाल्ने गर्दछ । बौद्धिक वर्ग त्यो होइन जो अन्धभक्त, चाकरी र विचारहिन तर्क गरिरहेका हुन्छन् ।

हिजोको पुस्तासँग शिक्षा थिएन तर नैतिकता थियो, आजको पुस्तासँग शिक्षा छ तर नैतिकता भएन । शिक्षित हुँदैमा नैतिकता राख्छ वा हुन्छ भन्ने हुँदैन । अशिक्षित हुँदैमा नैतिकता हुँदैन भने पनि हुँदैन । नैतिकतासँग मानवीयता जोडिएको हुन्छ । जोसँग नैतिकता रहेको हुन्छ, ऊसँग मानवीयता रहेको हुन्छ ।

नगरको नीति, नेतृत्वको नियत र जनताको चेतना स्पष्ट हुनुपर्छ । नगर को नीति बाधक नहुने, जनताले सहि र गलत नछुट्याई होहल्लामा नदौडिने र नेतृत्वको नियत सहयोगी, जिम्मेवारी र जवाफदेही हुने भए भुइँमान्छे लगायत नागरिकले समान न्याय र अधिकारको अनुभुती पाउनुको साथै नागरिक सुरक्षित रहेको महसुस गर्न सकिन्छ ।

मानिससँग खरिदबिक्री गर्न नमिल्ने, धनी, गरिब, उच्च, निच र शिक्षित, अशिक्षित जोसँग पनि जन्मजात समान रुपमा ल्याएको नै आचरण र नैतिकता हो । जब नैतिकता पनि खरिदबिक्री गरिन्छ तब ती मानिससँग के नै बाँकी रहन्छ र ? उहीँ भ्रष्ट, विवेकहिन र अचेत हुन भन्दा केही फरक पर्दैन ।

आफू शुद्ध र स्वच्छ होस् कसैले हलाउन सक्दैन । आफू अस्वच्छ, अशुद्ध र भ्रष्ट भएपछि त हलाउने मात्रै होइन सपनामा समेत झस्किरहन्छ । अहिले अशुद्ध, अस्वच्छ र भ्रष्टहरुले गर्दा उनी मात्रै नभई व्यवस्था नै हलाउन खोजिरहेका छन् । एउटा भ्रष्ट कराउदा सयौं भ्रष्ट तर्सिरहेका छन् । एक ठगको भेलाले हजार ठगको निद्रा नै चिरहरणमा परेका छन् ।

नेतृत्वको नियत राम्रो र स्वच्छ होस्, नीति, विधि र व्यवस्था आफैं राम्रो हुँदै जान्छन् । नियत नै खराव भएपछि व्यवस्था जतिसुकै राम्रो, स्वच्छ र उत्कृष्ट बनाए तापनि उहीँ अस्थिर बढ्ने, भ्रष्टाचारको बिगबिगी हुने र आपसी द्वन्द्व निम्त्याउने मात्रै हो ।मानिसको सकारात्मक सोच, विचार र दृष्टिकोणले नयाँ ज्ञान, बहस र संवादको विकास निर्माण गरि आपसी शान्ति र एकता कायम गराउछ भने नकारात्मक दृष्टिकोणले आपसी द्वन्द्व र हिंसालाई प्रोत्साहन दिन्छ र आत्मालोचनाले कमजोरी केलाई सचेत गराउमन खबरदारी गरिन्छ ।

जब राजनीतिमा फरक मत र विचारधारा सहित वादविवादहरु हुन थाल्छन् । तब बहस र संवादको प्रारम्भ हुन्छ । तर बहस र संवादलाई प्रतिशोधमा नभई समाजको बारेमा चिन्तन र मन्थनमा केन्द्रित रहनुपर्छ । अनि मात्रै नयाँ गन्तव्य सहित भविष्यको मार्ग निर्देश गरिन्छ । नीति बदल्ने नभई नियत बदलौं, व्यवस्था बदल्ने होइन बदलिँदो परिवेश अनुरुप जनताको अवस्था बदल्न लागौं ।


बिपी यादव कमला नगरपालिका वडा नं. १ स्थित मावि मँगराहाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ ।

  • 93%
  • 1%
  • 1%
  • 1%
  • 1%
  • 1%

जनकपुरको नैना हस्पिटलमा ८०० ग्रामको बच्चासहित आमालाई जोगाउन सफल

  • २०८० पौष ४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको नैना अस्पतालले आठ सय ग्रामको बच्चासहित गर्भवती आमा जोगाउन सफल भएको छ ।  धनुषाको औरही गाउँपालिका वडा नम्बर ३ कपटौलकी २६ वर्षीया निर्माला कुमारी मण्डलले आठ

पूरा पढ्नुहोस्

Bureau Menus