Close This

नगरलाई युवा चाहिएको छ, युवालाई पार्टी अनि कसरी बन्छ त नगर ?: अध्यक्ष यादव

२०८० पौष ४ बुधबार
बेलुकी ६:४९ बजे
बिपी यादव

शिक्षा ज्ञान प्राप्तिको लागि मात्रै नभई मानिसको जीवन र देश, समाज र समुदायको अवस्था नै बदल्न सक्ने बलियो अस्त्र(साधन) पनि हो ।

युवा शक्ति फर्काउनभन्दा पनि यहाँ भएका युवा विद्यार्थी रोक्न स्थानीय  सरकारले नीति बनाई लगानीको वातावरण, शैक्षिक क्षेत्र सुधार र समयमा अवसर प्रदान गर्न सक्नुपर्छ ।

नगर निर्माणमा युवाको भूमिकालाई उपेक्षा गर्न सकिँदैन । युवा शक्ति भविष्यको नगर निर्माणको संवाहक हो । युवा प्रगतिका अग्रगामी दूत हुन् । तिनको शिक्षा, विद्यालयमा हुने हुर्काइले समृद्ध भविष्यको लागि जगको काम गर्छ । तर, कमला नगरपालिकाको वर्तमान परिदृश्यले भने निराशाजनक प्रस्तुत गरेको छ । 

सबै तहका शिक्षामा लगानी, रोजगारी सृजनाले बौद्धिक पलायन रोक्न सक्छ। युवा शक्ति फर्काउनभन्दा पनि यहाँ भएका युवा विद्यार्थी रोक्न स्थानीय  सरकारले नीति बनाई लगानीको वातावरण, शैक्षिक क्षेत्र सुधार र समयमा अवसर प्रदान गर्न सक्नुपर्छ । 

बुद्धिजीवी वा बौद्धिक वर्ग त्यो हुन जसले नगर, समाज र समुदायमा निम्त्याएको असमानता, अन्याय र अस्थिर लगायत समस्या र नवीन कार्ययोजना सहितको भावी संकल्पमाथी टिप्पणी गर्ने, मार्ग देखाउने र समाधान निकाल्ने गर्दछ । बौद्धिक वर्ग त्यो होइन जो अन्धभक्त, चाकरी र विचारहिन तर्क गरिरहेका हुन्छन् ।

हिजोको पुस्तासँग शिक्षा थिएन तर नैतिकता थियो, आजको पुस्तासँग शिक्षा छ तर नैतिकता भएन । शिक्षित हुँदैमा नैतिकता राख्छ वा हुन्छ भन्ने हुँदैन । अशिक्षित हुँदैमा नैतिकता हुँदैन भने पनि हुँदैन । नैतिकतासँग मानवीयता जोडिएको हुन्छ । जोसँग नैतिकता रहेको हुन्छ, ऊसँग मानवीयता रहेको हुन्छ ।

नगरको नीति, नेतृत्वको नियत र जनताको चेतना स्पष्ट हुनुपर्छ । नगर को नीति बाधक नहुने, जनताले सहि र गलत नछुट्याई होहल्लामा नदौडिने र नेतृत्वको नियत सहयोगी, जिम्मेवारी र जवाफदेही हुने भए भुइँमान्छे लगायत नागरिकले समान न्याय र अधिकारको अनुभुती पाउनुको साथै नागरिक सुरक्षित रहेको महसुस गर्न सकिन्छ ।

मानिससँग खरिदबिक्री गर्न नमिल्ने, धनी, गरिब, उच्च, निच र शिक्षित, अशिक्षित जोसँग पनि जन्मजात समान रुपमा ल्याएको नै आचरण र नैतिकता हो । जब नैतिकता पनि खरिदबिक्री गरिन्छ तब ती मानिससँग के नै बाँकी रहन्छ र ? उहीँ भ्रष्ट, विवेकहिन र अचेत हुन भन्दा केही फरक पर्दैन ।

आफू शुद्ध र स्वच्छ होस् कसैले हलाउन सक्दैन । आफू अस्वच्छ, अशुद्ध र भ्रष्ट भएपछि त हलाउने मात्रै होइन सपनामा समेत झस्किरहन्छ । अहिले अशुद्ध, अस्वच्छ र भ्रष्टहरुले गर्दा उनी मात्रै नभई व्यवस्था नै हलाउन खोजिरहेका छन् । एउटा भ्रष्ट कराउदा सयौं भ्रष्ट तर्सिरहेका छन् । एक ठगको भेलाले हजार ठगको निद्रा नै चिरहरणमा परेका छन् ।

नेतृत्वको नियत राम्रो र स्वच्छ होस्, नीति, विधि र व्यवस्था आफैं राम्रो हुँदै जान्छन् । नियत नै खराव भएपछि व्यवस्था जतिसुकै राम्रो, स्वच्छ र उत्कृष्ट बनाए तापनि उहीँ अस्थिर बढ्ने, भ्रष्टाचारको बिगबिगी हुने र आपसी द्वन्द्व निम्त्याउने मात्रै हो ।मानिसको सकारात्मक सोच, विचार र दृष्टिकोणले नयाँ ज्ञान, बहस र संवादको विकास निर्माण गरि आपसी शान्ति र एकता कायम गराउछ भने नकारात्मक दृष्टिकोणले आपसी द्वन्द्व र हिंसालाई प्रोत्साहन दिन्छ र आत्मालोचनाले कमजोरी केलाई सचेत गराउमन खबरदारी गरिन्छ ।

जब राजनीतिमा फरक मत र विचारधारा सहित वादविवादहरु हुन थाल्छन् । तब बहस र संवादको प्रारम्भ हुन्छ । तर बहस र संवादलाई प्रतिशोधमा नभई समाजको बारेमा चिन्तन र मन्थनमा केन्द्रित रहनुपर्छ । अनि मात्रै नयाँ गन्तव्य सहित भविष्यको मार्ग निर्देश गरिन्छ । नीति बदल्ने नभई नियत बदलौं, व्यवस्था बदल्ने होइन बदलिँदो परिवेश अनुरुप जनताको अवस्था बदल्न लागौं ।


बिपी यादव कमला नगरपालिका वडा नं. १ स्थित मावि मँगराहाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ ।

  • 93%
  • 1%
  • 1%
  • 1%
  • 1%
  • 1%

रास्वपालाई अर्को झट्काः बागमति प्रदेशकी सँस्थापक सदस्य उर्मिलाले पनि त्यागिन रास्वपा 

  • २०८० पौष ४ बुधबार

न्यूज ब्यूरो, काठमान्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बागमति प्रदेशकी सँस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला) ले पदबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। बुधबार केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै

पूरा पढ्नुहोस्

Bureau Menus