NIC ASIA बैँकबाट पौने ३ करोडको 'SCAM' प्रकरणमा तत्कालिन म्यानेजर यादवसहित तीन जना जेल चलान
बैंकका प्रबन्धक यादवसहित बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर हरूको मिलेमतोमा राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गा धनी प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालीन मलेठ गाविस–७) की वसिरन खातुनलाई फर्जी जग्गा धनी बनाइएको आरोप लागेको छ ।

२०८० पुस ३ मंगलबार, बिहान ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणका आरोपित बैंकका तत्कालीन प्रबन्धक सन्तोषकुमार यादवसहित तीन जना पुर्पक्षका लागि सोमबार थुनामा पठाइएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले राजविराज नगरपालिका–७ का सन्तोष, राजविराज नगरपालिका– ९ का सदाम, सप्तरीको रुपनी गाउँपालिका–५ का दिपेन भनिने दीपककुमार सुतिहारलाई पुर्पक्षका लागि राजविराज कारागारमा पठाएको छ ।
सरकारी लिखत कीर्ते गरी संगठित रूपमा ठगी गरेको आरोपमा मंसिर १० गते सन्तोष हाजिर भएपछि मंसिर २० गते सदाम र दिपक पनि अदालतसमक्ष हाजिर भएका थिए ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बैंकबाट निलम्बित यादव फरार थिए । सदाम भने अनुसन्धानका लागि गत असार १९ गते पक्राउ परेर छुटेका थिए । ‘स्क्याम’ प्रकरणपछि गत वैशाखको दोस्रो साता प्रबन्धक यादव, ऋण अधिकृतसहितका १० जना विरुद्ध सरकारी कागजात, छाप र हस्ताक्षर किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।
बैंकका प्रबन्धक यादवसहित बैंकका केही कर्मचारी, व्यवसायी, लेखापढी व्यवसायी र भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका कम्प्युटर अपरेटर हरूको मिलेमतोमा राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गा धनी प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालीन मलेठ गाविस–७) की वसिरन खातुनलाई फर्जी जग्गा धनी बनाइएको आरोप लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…