अवैद्य भर्ना गरिएका कर्मचारीहरुको तलब रोक्का 

२०८० पौष ३ मंगलबार
बिहान ०९:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा अवैद्य रुपमा भर्ना गरिएका कर्मचारीहरुको तलब भत्ता रोक्का गरिएको छ । 

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले अवैध रुपमा राखेका कर्मचारीहरुको तलब सेवा सुविधा कटौती गरेको बताएका छन् । 

दरबन्दी भन्दा बढी कर्मचारी राखेका सभामुखको सचिवालयले सेवा सुविधा प्रदान गर्न लेखा र सचिवलाई दवाव दिँदा दिन नमान्दा सभामुख मण्डल कर्मचारीहरुबाट असन्तुष्ट भएका छन् । दरवन्दी भन्दा बढी कार्यकर्ताहरुलाई सेवा सुविधा दिन सभामुख मण्डल कर्मचारीहरुलाई दबाब दिँदै आएका छन् । 

तर, कर्मचारीहरुले भने अर्थमन्त्रालयवाट स्वीकृत बजेट अनुसार तलब सुविधा मात्र दिन सक्ने भने पछि सभामुख आक्रोशित समेत भएका छन् । तर, अर्थ मन्त्रालयले भने सभामुखलाई कर्मचारी संख्या कम गरी सेवा सुविधामा कटौती गर्न भनेका छन् ।

स्रोतका अनुसार अर्थ मन्त्री संजयकुमार यादवले गत असारमै कर्मचारी कटौती गर्न आग्रह गरिसकेका छन् तर प्रदेश सभामा अहिले पनि उनका पार्टीका कार्यकर्ता सचिवालयमा बस्दै आएका छन् । एक कर्मचारीका अनुसार गत आर्थिक वर्षमा के भयो हामीलाई थाहा छैन् तर, चालु आर्थिक वर्षमा दरबन्दी भन्दा बढी कर्मचारीहरुको सेवा सुविधाहरु कटौती गरिएको छ ।

सभामुख मण्डलले आफ्नो निजी सचिवालयमा आफ्ना ज्वाईसँगै पार्टीका नेता कार्यकर्तालाई भर्तीका केन्द्र बनाएपछि अर्थ मन्त्रालयसंग टकरावको अवस्था आएको छ । ९ जनाको दरवन्दी रहेको सभामुखको सचिवालयमा करिव १५ जना कार्यरत रहेका छन् । सभामुख सवैलाई धैर्य धारण गर्नकालागि भनि रहेका छन् । तलब सेवा सुविधा प्राप्त नगर्नेहरु पटक पटक पेट्रोल माग्ने, भत्ता माग्ने लगायतका तनाव कर्मचारीहरुलाई दिने गरेका छन् ।

सभामुख मण्डल माओवादी केन्द्रमा हुँदा इमान्दार नेताको रुपमा चिन्हिने गरेका थिए । तर, नेकपा एमालेवाट गत प्रदेशसभाको निर्वाचनमा निर्वाचित भएपछि सभामुख बन्न सफल भएका थिए । उनमा परिवारवाद र नातावाद कृपावाद नरहेको बताउँदै उनकै पार्टीका एक नेताले भने– ‘सवैलाई इमान्दारीको प्रवचन दिने सभामुख मण्डल आफ्नै ज्वाईलाई लाखौं रुपैयाँको फाइदा गराउँदै नातावाद कृपावादमा लागेका छन् ।’ विभिन्न मञ्चमा सभामुखले दिने गरेको अभिव्यक्ति र प्रयोगात्मक जिवनमा अकाश पतालको फरक रहेको ती नेताले बताए ।

सभामुख मण्डलको जनकपुरधाममै घर हुँदा हुँदै उनी प्रदेश सभाको क्वाटरमा बस्ने गरेका छन् । प्रदेश सभा सदस्यहरुका लागि जनकपुरधाममा घर भएकाहरुलाई क्वाटर नदिने नलिने आपसी सहमति भए पनि सभामुख क्वाटर कव्जा गरेर बसेका छन् । 

सेवा सुविधाको नाउँमा रहेको हरेक सेवा सुविधा लिने गरेका छन् । आफ्ना परिवार संगै क्वाटरमा बस्दै आएका सभामुख मण्डललाई अर्थ मन्त्रालयले बजेट कटौती समेत गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएका छन् । आजको जनकपुरटुडेमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 33%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०८० पौष ३ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus