राराब कलेजमा MBA, BA. LLB र M.ed Health कोर्षहरु सँचालनको लागि माग राखेका छौँः विद्यार्थी नेता पण्डित
उनले भने, –“हाम्रो क्याम्पसमा पनि चाहिएको जति कर्मचारी र प्राध्यापकहरुको कमीको कारणले गर्दा राम्रोसँग कलेज संचालन गर्नमा तमाम कठिनाइ तथा अप्ठ्याराहरु दिनहुँ झेल्नुपरिरहेको छ। यस कलेजमा छात्रवास (होस्टेल) विगत कैयौं बर्षदेखी बजेटको अभावमा अव्यवस्थित अलपत्र अवस्थामा रहेको छ । ई लाइब्रेरी बनाउने विषयमा अलिक ध्यान दिएर समस्या समाधान गरिदिनुहुन्छ भन्ने अनुरोध यहीबाट गर्न चाहन्छु ।”

२०८० मंसिर २५ सोमबार, बेलुकी ५:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको राराब क्याम्पसका विद्यार्थी नेता एवम् लोकतान्त्रिक विद्यार्थी सँघ (लोविसंघ) का राराब अध्यक्ष अजय पण्डितले राराब कलेजमा एमिबए, बि.ए. एल.एल.बी र एम.एड. हेल्थ लगायतका कोर्सहरु सँचालनको लागि पहल गरेको बताएका छन् ।
राराब क्याम्पसमा निर्माण भएको नयाँ प्रशासनिक भवनको आईतबार उदघाटन समारोहमा त्रिविको रजिस्टार पेसल दहाल समक्ष उनले ती कोर्सहरु सँचालनको माग राखेको बताए ।
दाहाल समक्ष क्याम्पसभित्र रहेको विभिन्न समस्याहरुको बारेमा समेत उनले जिकिर गर्दै यसलाई निराकरणको लागि पहल गरिदिन आग्रह गरेको बताए । त्रिभुवन विश्वविद्यालयमा विगत धेरै समय देखि आवश्यकता बमोजिमको कर्मचारी र प्राध्यापकहरुको कमी रहेको अवस्थामा राराबमा समेत कर्मचारी परिपूर्तिको लागि पहिलो अंशमा काम गर्ने उनले बताए ।
त्रिविका रजिष्टार दाहालको प्रमुख आतिथ्यमा आईतबार नयाँ प्रशासनीक भवनको उदघाटन कार्यक्रमै पण्डितले सो कुराहरु राखेको बताए
उनले भने, –“हाम्रो क्याम्पसमा पनि चाहिएको जति कर्मचारी र प्राध्यापकहरुको कमीको कारणले गर्दा राम्रोसँग कलेज संचालन गर्नमा तमाम कठिनाइ तथा अप्ठ्याराहरु दिनहुँ झेल्नुपरिरहेको छ। यस कलेजमा छात्रवास (होस्टेल) विगत कैयौं बर्षदेखी बजेटको अभावमा अव्यवस्थित अलपत्र अवस्थामा रहेको छ । ई लाइब्रेरी बनाउने विषयमा अलिक ध्यान दिएर समस्या समाधान गरिदिनुहुन्छ भन्ने अनुरोध यहीबाट गर्न चाहन्छु ।”
सोही क्रममा पण्डितले केही नयाँ कोर्सहरु थपिए बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्न माग गरे ।
.jpeg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…