जनकपुरको धडकन होटेल वेश्यावृतिमा सँलग्न सँचालक दिलिप साहमाथि चलाईयो मुद्दा
न होटेल सँचालन गरी माथि लजमा विभिन्न ठाउँबाट युवति, महिलाहरुलाई बोलाएर वेश्यावृतिमा लगाएको आरोपसहित मुद्दा दर्ता गरिएको हो । डिएसपीको विशेष पहल र न्यूज ब्यूरोको स्टीँग अपरेशनपछि प्रहरीले छापामारी गरी तीन महिलासहित होटेल सँचालक दिलिप साहलाई पक्राउ गरेको थियो । पीडारीचोकस्थित दिलिप साहले होटेलकको नाममा वेश्यावृति गराउँदै आएको सबुत प्रमाणहरुको साथै रँगेहात पक्राउ परेपछि उनीमाथि मुद्दा चलाईएको हो । उनलाई प्रचलित कानुन बमोजिम कारवाही सजाय हुने भएको छ ।

२०८० मंसिर २२ शुक्रबार, दिउँसो १२:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको पीडारीचोकस्थित धडकन होटलमा वेश्यावृति चलाएको आरोपमा पक्राउ परेका सँचालकमाथि मुद्दा चलाईएको छ ।
गत मँसिर १६ गते शनिबार अपरान्ह वेश्यावृति गराउँदा गराउँदै रँगेहात पक्राउ परेका धडकन होटेलका सँचालक जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ बस्ने दिलिप साहमाथि अभद्र व्यवहारको मुद्दा चलाईएको हो । साहलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा थुनामा राखिएको छ ।
अदालतबाट म्याद थप गरी उनलाई हिरासतमा राखेर अनुसन्धान गरी मुद्दा समेत चलाएको धनुषाका डिएसपी एवम् प्रवक्ता रञ्जन आवेले जानकारी दिए । वेश्यावृति गराएको आरोपमा उनीमाथि अभद्र व्यवहारको मुद्दा चलाएको हो ।
होटेल सँचालक, दिलिप साह पीडारीचोकस्थित धडकन होटेल सँचालन गरी माथि लजमा विभिन्न ठाउँबाट युवति, महिलाहरुलाई बोलाएर वेश्यावृतिमा लगाएको आरोपसहित मुद्दा दर्ता गरिएको हो । डिएसपीको विशेष पहल र न्यूज ब्यूरोको स्टीँग अपरेशनपछि प्रहरीले छापामारी गरी तीन महिलासहित होटेल सँचालक दिलिप साहलाई पक्राउ गरेको थियो ।
पीडारीचोकस्थित दिलिप साहले होटेलकको नाममा वेश्यावृति गराउँदै आएको सबुत प्रमाणहरुको साथै रँगेहात पक्राउ परेपछि उनीमाथि मुद्दा चलाईएको हो । उनलाई प्रचलित कानुन बमोजिम कारवाही सजाय हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…