अनलाईन यौनधन्दा चलाउने थप दुई जना पक्राउ
उनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

२०८० मंसिर १८ सोमबार, बेलुकी ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु घर भई काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका सुरज खड्कालाई पक्राउ गरेको हो ।
यसअघि आइतबार पनि प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट यही आरोपमा ५ जनालाई पक्राउ गरेको थियो ।
उनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…