लहानको नेपाल साईकल स्टोरमा भिषण आगलगी, लाखौँको क्षति 

२०८० मङ्सिर १८ सोमबार
बिहान ०९:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा ।  सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको छ। 

लहान नगरपालिका वडा नम्बर ३ स्थित रहेको नेपाल साइकल स्टोरमा आईतबार अपरान्ह आगलागी हुँदा करिव ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका हो।

आगलागीमा बिक्रीका लागि तयारि अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जालहरु जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए।

आगलागीमा करिव ६० लाख बरावरको धनमाल जलेको अनुमान गरिएपनि एकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। आगलागीको कारण अझै खुल्न सकेको छैन।

लहान नगरपालिका र गोलबजार नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगो करिब २ बजेतिर नियन्त्रण भएको थियो।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

Why Men rape?

  • २०८० मङ्सिर १८ सोमबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus