८ लाख रुपैयाँसहित एक युवक पक्राउ
फिरोजसहित रकमलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडरमा सिरहामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वाटर सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताए ।

२०८० मंसिर १६ शनिबार, राति ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा सिमावर्ती क्षेत्रबाट अबैध रकम सहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हे।क्वा।सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक शिव गैरेकोग निर्देशणमा बिओपि बरियारपट्टीका सशस्त्र प्रहरी निरिक्षक कृष्ण थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलिले श्रोत नखुलेको ८ लाख नेपाली रुपैया सहित एकजनालाई पक्राउ गरेको छ ।
श्रोत नखुलेको अबैध बाकी गईरहेको सुचना आउन साथ बरियारपट्टी गाउँपालिका वडा नं. ३ चमारटोल स्थित चेकपोईन्ट टोलिले अवैध रुपमा भारतबाट नेपाल तर्फ साईकलमा बोकी ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया ८ लाख रुपैया सहित बरियारपट्टी गाउँपालिका वडा नं. २ श्रीपुर निवासि ४२ वर्षीय मोहमद फिरोजलाई पक्राउ गरिएको हो ।
फिरोजसहित रकमलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी भन्सार कार्यालय माडरमा सिरहामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वाटर सिरहाको गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक गैरेले बताए ।
गणपति गैरे सिरहाको कमाण्ड सम्हाले देखि सिरहा अवस्थित सिमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था काडा पारिएको छ । काडा पारिएको सुरक्षा व्यवस्थाले तस्करी देखि अबैध कारोवारमा प्रतिबन्ध लागेको देखिन्छ ।
गणपति गैरे सिमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कुनै कमी गरे सहन नहुने भन्दै सतर्क रहन आफना मातहतलाई निर्देशन लिएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…