जनकपुरः आँपको बगैँचामा युवतिको लास फेला, एसपीको टोली घटनास्थलमा
यता, धनुषाका प्रहरी प्रमुख एसपी दिनबन्धु शर्माको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेका छन् । एसपीकै कमाण्डमा गएको टोलीले शव फेला परेको क्षेत्रलाई नियन्त्रणमा लिएर मुचुल्का गरिरहेको जनाईएइको छ ।

२०८० मंसिर १२ मंगलबार, दिउँसो १२:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्रमा एक युवतिको शव फेला परेको छ । धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ भडरियास्थित आँपको बगैँचामा युवतिको शव फेला परेको हो ।
बिहानै खेततर्फ गएका एक स्थानीयले युवतिलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो । केही बेरमै घटनास्थल पुगेको भडरिया प्रहरी टोलीले जिल्ला प्रहरीको टोलीलाई खवर गरेको थियो ।
भडरियाको बिचला टोल भन्ने स्थानबाट करिब २०० मिटर उत्तरतर्फ आँपको बगैँचामा युवति मृत अवस्थामा फेला परेको हो । प्रत्यक्षदर्शीका अनुसार, कपडा पहिरनले महिला रहेको देखिएको छ । यद्यपी, महिला वा पुरुष हो भनेर अलमलता छ । प्रहरीले क्षेत्रलाई घेरा हालेपछि राम्ररी हेर्न नपाएको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।
यता, धनुषाका प्रहरी प्रमुख एसपी दिनबन्धु शर्माको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेका छन् । एसपीकै कमाण्डमा गएको टोलीले शव फेला परेको क्षेत्रलाई नियन्त्रणमा लिएर मुचुल्का गरिरहेको जनाईएइको छ ।
सो क्षेत्रबाट अहिलेसम्म कोही युवति वा युवक हराएको, सम्पर्कविहिन भएको घटना प्रहरीमा दर्ता नरहेको जनाईएको छ । मृतकको पहिचान अझै नभएको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा दुई तिन दिन अगाडी नै हत्या गरी फालिएको देखिएको छ । उमेर भने १७ देखि २० बर्षको बीचमा अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…