जनकपुरः खेतमा करेन्ट लागेर एक जनाको मृत्यू
सोमबार विहान ११ बजेको समयमा आफ्नै खेतमा पानी सिँचाई गर्न पुगेका स्थानीय ६५ बर्षिय राजेन्द्र राउतको करेन्ट लागेर मृत्यू भएको हो । उनको मोटरबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सुगा निकालका अनुसार, खेतमा मोटर लिएर सिँचाई गर्न गएका राउतलाई कट भएको तारमा छोएपछि करेन्ट लागेर घटनास्थलमै मृत्यू भएको थियो । मृतकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल पुरयाएर पोष्ट मार्टम गरेपछि शव परिवारजनलाई जिम्मा लगाएको बताईएको छ ।

२०८० मंसिर ११ सोमबार, बेलुकी ६:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । धनुषाको हँसपुर नगरपालिका वडा नं. ८ झटियाही स्थित करेन्ट लागेर मृत्यू भएको हो ।
सोमबार विहान ११ बजेको समयमा आफ्नै खेतमा पानी सिँचाई गर्न पुगेका स्थानीय ६५ बर्षिय राजेन्द्र राउतको करेन्ट लागेर मृत्यू भएको हो । उनको मोटरबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सुगा निकालका अनुसार, खेतमा मोटर लिएर सिँचाई गर्न गएका राउतलाई कट भएको तारमा छोएपछि करेन्ट लागेर घटनास्थलमै मृत्यू भएको थियो ।
मृतकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल पुरयाएर पोष्ट मार्टम गरेपछि शव परिवारजनलाई जिम्मा लगाएको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…