सिरहामा व्यापारीहरुसँग प्रहरी हबल्दार मुखियाले रकम असुलेको आरोप

२०८० मङ्सिर १० आइतबार
बेलुकी ७:५३ बजे

न्यूज ब्यूरो, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हबल्दारले व्यापारीहरुसँग रकम असुलेको आरोप लगाईएको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत हवलदार उमेश मुखियाले सिरहाका व्यापारीहरुसँग रकम उठाएको आरोप छ । हवलदार मुखिया जिल्ला प्रहरी कार्यालय सिरहामा क्यू.आर.टी टोलिमा खटिएका छन । हवलदार मुखिया बर्दिको आड्मा व्यापारीहरुसँग पैसा असुलेको आरोप छ ।

मुखियाले स–साना व्यापारीलाई धम्क्याएर पैसा असुल्ने गरेको आरोप छ । रकम नदिए फोन गरेर व्यापारीहरुलाई ठुला हाकिमलाई भनेर मान्छे सहित बुझाइदिने धम्की समेत दिने गरेको आरोप छ । 

न्यूज ब्यूरोको एक गोप्य अपरेशनको क्रममा हबल्दार मुखियाले एक व्यापारीसँग रुपैयाँ लिँदा लिँदै रँगेहात समातिए । सो क्रममा उनले व्यापारिसँग लिएको रकम डरले फिर्ता गरेको रेकर्ड गरिएको भिडियोमा हेर्न सकिन्छ । 

एक महिला बेपारीलाई धम्क्याएर महिनाको १५ सयको दरले रकम उठाउने गरेको आरोप छ । सिरहाभरिका स–साना व्यापारीहरुलाई धम्काएर रकम असुलेको आरोप छ । 

लकडाउनको समयमा हवलदार मुखिया बरियापट्टीमा हुँदा उनी पैसा असुल्दै गरेको काण्डमा निलम्बित भएका थिए । हाल जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत छ्न।  

व्यापारीहरुसँग रकम असुलेको सन्दर्भमा हबल्दार मुखियाले कुनै मुखौटाको व्यक्तिको समान समातेपछि त्यस्तो आरोप लगाएको बताए । उनले तस्करी गरी आएको समान, बिल नभएको समान समातेर अनुसन्धान गर्दा समान छाडन दबाब दिएको बताउँदै नछाडेपछि केही पत्रकारलाई भनेर मिथ्या आरोप लगाउन खोजेको बताए । 

उनले आफ्नै प्रहरी सँगठनभित्रका एक प्रहरीले आफूमाथि षडयन्त्र रची आफूलाई बदनाम गर्न खोजेको बताउँदै ती प्रहरीको नाम मिडियामा अहिले नखुलाउन शर्त राखे । यसअघि सोही ठाउँमा घुमुवा प्रहरी रहेका नाम नखोलिएका ती प्रहरीले महिनबारी उठाउने गरेको स्थानीयहरु बताउँछन् । 

ती प्रहरीको गतिविधि अराजक र असमाजिक भएपछि उनलाई त्यहाँबाट हटाएपछि आक्रोसित भएर प्रहरीकै विरुद्ध षडयन्त्रण गरेको बताईन्छ । 

  • 6%
  • 0%
  • 0%
  • 0%
  • 1%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८० मङ्सिर १० आइतबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus