काँग्रेसमा प्रवेश गर्दै चौधरी
चौधरीलाई कांग्रेसका पूर्व उप सभापति निधिले पार्टीमा प्रवेश गरेपछि मेयरको टिकट दिने आश्वास दिएपछि उनी कांग्रेसमा प्रवेश गर्न लागेको स्रोतको भनाई छ । आजको जनकपुर टुडे मा समाचार छ ।

२०८० मंसिर ८ शुक्रबार, बिहान ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरका प्रत्यासी मनोज चौधरी कांग्रेसमा प्रवेश गर्ने भएका छन् । शनिवार जनकपुरधाममा आयोजना हुने एक कार्यक्रममा उनी कांग्रेसमा प्रवेश गर्न लागेको जनाइएको छ ।
चौधरी जनकपुर अञ्चल ग्यास व्यवसायी संघ, जनकपुर अञ्चल बस व्यवसायी संघ लगायत दर्जनौ संघ संस्थामा आवद्ध भइ अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय थिए । सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी लोसपा बाटै मेयरमा ५ हजार ३ सय ६० मत ल्याई तेस्रो स्थानमा आएका थिए ।
आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा चुनाव लड्ने तयारी सहित उनी कांग्रेसमा प्रवेश गर्न थालेका छन् । प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका पूर्व उप सभापति विमलेन्द्र निधि समेत उपस्थित रहने जनाइएको छ ।
चौधरीलाई कांग्रेसका पूर्व उप सभापति निधिले पार्टीमा प्रवेश गरेपछि मेयरको टिकट दिने आश्वास दिएपछि उनी कांग्रेसमा प्रवेश गर्न लागेको स्रोतको भनाई छ । आजको जनकपुर टुडेमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…