जनकपुरको न्यूरो हस्पिटलमा डाक्टरको लापरवाहीले एक बालकको मृत्यू, हस्पिटल नै गैर–कानुनी
स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. अनुप बास्तोलाको नेतृत्वमा भएको सो अनुगमनले तुरुन्त मापदण्ड पूरा गरी स्वीकृति लिन अथवा विशिष्टिकृत सेवा हटाएर जेनरल सेवा सञ्चालनको अनुमति अथवा हस्पिटल नै बन्द गर्न निर्देशन दिएको थियो । अस्पतालले मापदण्ड पूरा नगरेकाले विभागले अनुमति दिएको छैन ।

२०८० मंसिर ७ बिहीबार, राति ८:०९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको न्यूरो हस्पिटलमा चिकित्सकको लापरवाहीले एक बालकको मृत्यू भएको आरोप परिवारजनले लगाएको छ ।
हस्पिटलले डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेका एक बालकको मृत्यु भएपछि आफन्तले डाक्टरको लापरवाहीको आरोप लगाएका छन् ।
हस्पिटलले डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेका धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोल बस्ने ४ वर्षीय जेम्स कालिकोटेको बिहीबार विहान मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाही भन्दै शव उठाउन मानेका छैनन् ।
मृतक बालकका मामा सुनिल परियारका अनुसार बुधबार बिहान बालकले एक्कासी बान्ता गरेका थिए । रुघाखोकी जस्तो देखिएर स्वास्थ्यमा समस्या देखिएपछि बाल रोग विशेषज्ञ डा। शशिभूषण ठाकुरको क्लिनिकमा ल्याएका थिए । डा। ठाकुरले आफू कार्यरत न्यूरो हस्पिटलमा उपचार गर्न रेफर गरेका थिए ।
बालकलाई बुधबार नै हस्पिटलमा भर्ना गरिएको थियो । निको भयो भनेर हस्पिटलले बिहीबार बिहान १० बजेतिर डिस्चार्ज गरेको थियो । निस्किने बेला अचानक बालकले जोडले श्वास फालेर सिकिस्त भएपछि पुनः उपचार गर्दा तुरुन्तै मृत्यु भएको उपचारका लागि कुरुवा आएका छिमेकी मनिषकुमार कर्णले बताए ।
‘चिकित्सकले पिसाबमा इन्फेक्सन छ भनेका थियो । ठीक भइहाल्छ भनेर डिस्चार्ज गरिदियो । डिस्चार्ज भएर तल गेटमा आइसकेपछि बालक एकैपट लामो सास फालेर बेहोस भए । अनि उपचार थालिएपछि मृत्यु भयो’, मनिषले भने, ‘एक्कासी कसरी यस्तो भयो । उपचारमै कुनै लापरबाही गरिएको हुनुपर्छ ।’

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…