जनकपुरमा चिकेन स्टेशनको बदमासीः भेज अर्डर गर्दा शाकाहारीलाई माँसाहारी, धर्म भ्रष्टको आरोप
चिकेन स्टेशनको भान्साबाट शाकाहारीलाई माँसाहारी खाजा पठाएपछि धर्म भ्रष्टको आरोप लगाउँदै कानुनी प्रक्रियामा जाने बताईएको छ । कानुनी प्रक्रियाबाट गएको खण्डमा चिकेन स्टेशनले सोही बमोजिम कानुनी कारवाही भोग्नुपर्ने भएको छ ।

२०८० मंसिर ६ बुधबार, बिहान ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको चिकेन स्टेशन नामक क्याफेबाट शाकाहारी खाजा अर्डर गर्दा माँसाहारी खाजा डेलिभरी गरेको खुलेको छ ।
जनकपुरबाट चल्ने एक डेलभरि एपबाट जनकपुरकै व्यावसायी सुधाँशु शर्माले भेज ममः अर्ड गर्दा उनलाई चिकेन ममः डेलिभरि गरेको गुनासो गरिएको छ । शर्माले एप मार्फत चिकेन स्टेशनबाट भेज मःमः अर्डर गरेपनि उनलाई माँसाहारी खाजा पठाएपछि धर्म भ्रष्ट गरेको आरोप छ ।
जनकपुरको शिवचोकस्थित सँचालनमा रहेको चिकेन स्टेशन नामक क्याफेबाट मँगलबार साँझ रु १७५ रुपैयाँ पर्ने भेज झोल मःमः अर्डर गरेकोमा उनलाई चिकेन झोल मःमः पठाएको तस्विर सार्वजनिक गरेका छन् । शर्माले, भेज मःमः सम्झेर एक पिस खाएपछि उनलाई माँसाहारी महसुस भएपछि मःमः खोलेर हेर्दा मासुजन्य वस्तु देखिएपछि उनले गुनासो पोखे ।
चिकेन स्टेशनको भान्साबाट शाकाहारीलाई माँसाहारी खाजा पठाएपछि धर्म भ्रष्टको आरोप लगाउँदै कानुनी प्रक्रियामा जाने बताईएको छ । कानुनी प्रक्रियाबाट गएको खण्डमा चिकेन स्टेशनले सोही बमोजिम कानुनी कारवाही भोग्नुपर्ने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…