TikTok बन्दमाथि परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, नेपालमा TikTok बन्दै रहने 

२०८० मङ्सिर ५ मंगलबार
बेलुकी ६:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । चिनियाँ मोबाईल एप समाजिक सँजाल टिकटक प्रतिबन्धप्रति परेको रिटमा सर्वोच्च अदालतले अन्तरि आदेश दिन अस्विकार गरिदिएको छ । 

नेपाल सरकारले टिकटक एपलाई प्रतिबन्ध लगाएपछि सर्वोच्च अदालतमा त्यसको विरुद्धमा रिट दायर परेको थियो । अदालतमा टिकटक प्रतिबन्ध उपर ८ वटा रिट दायर भएकोमा मँगलबार भएको सुनुवाईमा अदालतले आदेश दिन अस्विकार गरेको हो । 

न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

गत कात्तिक २७ गतेमा मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वोच्च अदालतमा ८ भन्दा बढी रिट परेको थियो ।

उक्त रिटमाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ भएको थियो । सो क्रममा न्यायाधीश शर्माको इजलासले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

यो मुद्दालाई मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि सर्वोच्चले आदेश दिएको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८० मङ्सिर ५ मंगलबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus