TikTok बन्दमाथि परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, नेपालमा TikTok बन्दै रहने
गत कात्तिक २७ गतेमा मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वोच्च अदालतमा ८ भन्दा बढी रिट परेको थियो ।

२०८० मंसिर ५ मंगलबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चिनियाँ मोबाईल एप समाजिक सँजाल टिकटक प्रतिबन्धप्रति परेको रिटमा सर्वोच्च अदालतले अन्तरि आदेश दिन अस्विकार गरिदिएको छ ।
नेपाल सरकारले टिकटक एपलाई प्रतिबन्ध लगाएपछि सर्वोच्च अदालतमा त्यसको विरुद्धमा रिट दायर परेको थियो । अदालतमा टिकटक प्रतिबन्ध उपर ८ वटा रिट दायर भएकोमा मँगलबार भएको सुनुवाईमा अदालतले आदेश दिन अस्विकार गरेको हो ।
न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
गत कात्तिक २७ गतेमा मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वोच्च अदालतमा ८ भन्दा बढी रिट परेको थियो ।
उक्त रिटमाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ भएको थियो । सो क्रममा न्यायाधीश शर्माको इजलासले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।
यो मुद्दालाई मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि सर्वोच्चले आदेश दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…