रविराज शाहको छठ गीतलाई चौतर्फी प्रशँसा, रिङब्याक टोनमा राख्न टेलिकमलाई श्रोताको आग्रह

२०८० मङ्सिर १ शुक्रबार
बिहान ०८:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै पहिलो रियालिटी शो नेपाल लोकस्टारमा शानदार प्रस्तुति दिएर श्रोताको मन जित्दै उदाएका मधेशका चर्चित र लोकप्रिय लोक गायक रविराज शाहको छठको दुई गीत सार्वजनिक भएको छ ।

मधेशी समुदायको महान पर्व छठको पूर्वसन्ध्यामा गायक शाहले छठको दुईवटा मन छुने गीत सार्वजनिक गरेका हुन् । "कवना घाटे" र "हे छठी मैयाँ" नामक दुई गीत शाहको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ ।

दुबै गीतमा संगीत पनि शाह आफैले भरेका छन् । दुई गीतमध्ये कवना घाटे गीत उमालाल यादवले लेखेका छन् । यसमा रविराज शाह, अश्विनी शाही, सदाम हुसेन, अनिता यादव लगायतको अभिनय छ ।

यस्तै, हे छठी मइया गीत नरेन्द्र साहले लेखेका छन् । यसमा रविराज शाह, अश्विनी शाही, सरोज शाह, अनिता यादव, जयन्ती यादव, सरीता यादव लगायतको अभिनय रहेको छ । दुबैमा भिडियो निर्देशन भने सदाम हुसेन अन्सारीले गरेका छन् ।

नेपाल टेलिकम प्रायोजक रहेको यी दुबै गीतको मधेशमा चौतर्फी प्रशंसा भइरहेको छ, चारैतिर सुनिदैँछ । यसमा पनि श्रोताले खासगरी कवना घाटे गीतलाई सर्वाधिक मन पराइरहेका छन् । त्यस गीतमा छठको महत्त्व र विधि–विधानलाई सरल शब्दमा बखान गरिएको छ ।

बजारमा जथाभावी उत्पादन हुने झुर गीतहरूका कारण लोकास्थाका पर्वहरूको महत्त्व ओझेलमा परिरहँदा यो गीतले भने पौराणिकता र मौलिकता महसुस गराउँछ । यसले नयाँ पुस्तालाई छठ पर्वप्रति अझ अपनत्व आभाष गराउने, आस्थवान अनि जानकार बनाउने प्रतिक्रिया श्रोताहरूको छ ।

विश्व चर्चित गायक उदितनारायण झाको झल्को दिने रविराजको मिठा स्वरका गीतले श्रोताहरूलाई त्यसै पनि कायल बनाउने गरेको छ । यो गीत सुनेपछि श्रोताहरूले टेलिकम कम्पनीहरूलाई यसलाई रिङब्याक टोनमा राख्न अनुरोध पनि गरेका छन् ।

छठ जस्ता पर्वमा पदश्री गायिका शारदा सिन्हाको गीत बिना अधुरो अधुरो महसुस गरिन्छ । 

  • 90%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा इनभर्टर बेच्न अप्रत्यासित लोडसेडिँग

  • २०८० मङ्सिर १ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले जनकपुरमा अप्रत्यासित रुपमा लोडसेडिँग गर्न थालेपछि ईनभर्टर व्यापारीसँग मिलोमत्तो गरेको आरोप लगाईएको छ ।  बिना कारण अप्रत्यासित रुपमा विद्युत कटौति गर्न थालेपछि केही कर्मचारीहरु

पूरा पढ्नुहोस्

Bureau Menus