नेपालमा TikTok बन्दको निर्णयले ९५ प्रतिशत खुसी, टिकटोकियाहरुमा रुवाबासी
टिकटक एपमा अन्य समाजिक सँजाल जस्तो कडा पोलिसि नभएको कारण धर्म, सँस्कृति, सदभाव विरुद्धको कन्टेन्टहरुलाई बढाबा दिरहँदा नेपाल सरकारले यसलाई नियमनको लागि टिकटक प्रतिनीधिसँग कुरा गर्दा वास्ता नगरेपछि टिकटक एप नै बन्द गर्ने निर्णय गरेको हो ।

२०८० कार्तिक २८ मंगलबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित मनोरञ्जनात्मक एप टिकटक नेपालमा बैन गर्ने निर्णय गरेपछि टिकटकरहरुमा रुवाबासी चलेको छ । उही एक अनलाईन सर्वेक्षणमा ९५ प्रतिशत बढी खुसी देखिएका छन् ।
नेपाल सरकारको मन्त्रिपरिषद्बाट सोमबार नेपालमा टिकटक एपबाट धार्मिक सदभाव र अन्य अपराधहरुको प्रश्रय मिलिरहेको भन्दै तत्काल टिकटक एप बन्द गर्ने निर्णय गरे लगत्तै टिकटकरहरु सलबलाउन थाले भने आम नागरिकहरु खुसी व्यक्त गरेका छन् ।
न्यूज ब्यूरोको फेसबुक पेजमा गरिएको एक अनलाईन सर्वेक्षण (भोटिँग पोल) मा कुल २ हजार ४ सय ६४ जनाले दिएको मतमा टिकटक बैन हुँदा खुसी हुनेमा २ हजार १ सय ९४ जना अर्थात ९५ प्रतिशत देखिएका छन् । सोही ठाउँमा दुखी हुनेमा १३५ जना अर्थात कुल भोँटको ५ प्रतिशत रहेको छ । भोटिँगमा टिकटकसँग मतलब नै नराख्नेमा बिहान ९ बजेसम्म १ सय ३६ जना देखिएका छन् ।
सो अघि न्यूज ब्यूरोकै पेजमा गरिएको अर्को सर्वेक्षणमा नेपालमा टिकटक बन्द हुँदा ठिक की बेठिक भन्ने प्रश्नमा २२०० बढी जनाले गरेको टिप्प्णीमा ठिकलाई भोँट दिएको हो ।
टिकटक एपमा अन्य समाजिक सँजाल जस्तो कडा पोलिसि नभएको कारण धर्म, सँस्कृति, सदभाव विरुद्धको कन्टेन्टहरुलाई बढाबा दिरहँदा नेपाल सरकारले यसलाई नियमनको लागि टिकटक प्रतिनीधिसँग कुरा गर्दा वास्ता नगरेपछि टिकटक एप नै बन्द गर्ने निर्णय गरेको हो ।
फेसबुक, रिल्स, ईन्टाग्राम र युटुबमा कडा नियमनकारी पोलिसी भएकोले सोही कन्टेन्टहरु हालेर मोनिटाईज हुने वा भिउज हुने सम्भावना शून्य छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…