मेयर बरबरियाले नगरका अपाङगहरुलाई डुल्न सिकाए
न्यूज ब्यूरो | जनकपुरधाम, १९ जेठ । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले ह्वील चेयर वितरण गरेका छन् । शुक्रबार एक कार्यक्रमबीच नगरभित्र रहेका अपाङगता भएका व्यक्तिहरुलाई सहित यकिन गरी ह्वीलचेयर वितरण गरेका हुन् । नगरविकासको लागि अग्रसर मेयर बरबरियाले नगरभित्रका अपाङगहलाई सहयोग र स

२०७५ जेठ १९ शनिबार, दिउँसो १२:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १९ जेठ । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले ह्वील चेयर वितरण गरेका छन् ।
शुक्रबार एक कार्यक्रमबीच नगरभित्र रहेका अपाङगता भएका व्यक्तिहरुलाई सहित यकिन गरी ह्वीलचेयर वितरण गरेका हुन् ।
नगरविकासको लागि अग्रसर मेयर बरबरियाले नगरभित्रका अपाङगहलाई सहयोग र सहजताको उदेश्यले उक्त ह्वीलचेयर वितरण गरेको बताए ।
नगरपालिकाको वडा नं. ९ मा अपाङगता भएका व्यक्तिहरुलाई एक ठाउँमा भेला गरी उक्त ह्वीलचेयर वितरण गरेको हो ।
नगरभित्र रहेको जम्मा ४ सय ५२ अपाङगहरु मध्ये अति अशक्त अपाङग ५२ जना मध्ये ४५ जनालाई ह्वीलचेयर प्रदान गरेका छन् ।
यस्तै, असक्त १० जनालाई बैशाखी प्रदान गरिएको छ भने अन्यलाई बैन्डस्टिक प्रदान गरिएको मेयर बरबरियाले बताए ।
उनले भने, "नगरभित्रका अपाङगता भएका व्यक्तिहरुलाई पहिचान गरयौ, नगरभित्रका सबै अपाँगहरुलाई एक ठाउँमा भेला गरायौ, जो पूर्णत अशक्त छन्, अशक्त छन् र आँशिक छन् सबैलाई सहजताको अनुरुप समाग्री वितरण गरेका छौँ । यो नगरपालिकाको कार्यक्रम हो । उनीहरुलाई बाहिरी दुनियाँ देखाउन चाहेका छौँ , उनीहरुले पनि सँसार देख्ने र समस्यालाई जित्ने अधिकार छ । हामी मात्र समन्वय गरेका छौँ ।"
पहिलो पटक नगरपालिकाबाट उनीहरुलको लागि डुल्ने समाग्री पाएपछि अत्यधिक खुसी भएका थिए ।
वितरण कार्यक्रममा उपमेयर शिला कापर सहित स्थानीय भद्रभलाद्मी, युवा, बुद्धिजीवी, जेष्ठ नागरिकको समेत सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…