मधेशबाट युवा डाक्टरहरुको टोली १० लाखको मेडिकल समाग्री लिएर पुगे जाजरकोट
यस्तै, जनकपुरबाट लगिएको मेडिकल समाग्री सम्बन्धित स्थानीय सरकार मातहतको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । मधेश प्रदेशबाट मेडिकल सपोर्ट लिएर पुग्ने यी चिकित्सकहरु पहिलो टोली हुन् ।

२०८० कार्तिक २३ बिहीबार, बिहान ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा मधेश प्रदेशबाट युवा डाक्टरहरुको टोलीले १० लाखको मेडिकल सपोर्ट लिएर पुगेका छन् ।
जाजरकोटमा आएको विनाशकारी भुकम्पले प्रभावित नागरिकलाई सेवा दिनको लागि मधेश प्रदेशबाट चिकित्सकको एक टीमले मेडिकल राहत समाग्री लिएर अति प्रभावित क्षेत्रमा सेवा दिन पुगेका छन् ।
जनकपुरबाट दिपेन्द्र कुमार यादवको नेतृत्वमा चिकित्सकहरुको टोलीले जाजरकोटमा भुकम्पबाट प्रभावित अति विकट क्षेत्रमा मेडिकल सपोर्ट लिएर पुगेका हुन् ।
यादवसहित मुकेश सिँह, दिलेराज कामति, सतिश मण्डल र सुनिल सिँहले १० लाख रुपैयाँ बराबरको मेडिकल समाग्री लिएर भुकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् । सो मध्ये सुनिल सर्जन हुन भने यादव रेडियोलोजिष्ट हुन् ।
दुई दिन अगाडी नै जनकपुरबाट हिडेका चिकित्सकहरुको टिमले जाजरकोटको नलगढ नगरपालिकाको विभिन्न वडामा स्वास्थ्य सेवा दिरहेका छन् । भुकम्पबाट प्रभावित पीडितहरुलाई घर घरमा गएर स्वास्थ्य सेवा दिन थालेका छन् ।
यस्तै, जनकपुरबाट लगिएको मेडिकल समाग्री सम्बन्धित स्थानीय सरकार मातहतको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । मधेश प्रदेशबाट मेडिकल सपोर्ट लिएर पुग्ने यी चिकित्सकहरु पहिलो टोली हुन् ।
चिकित्सको टोली पुग्दा मेडिकलको गाडी हेरेपछि त्रसित स्थानीयहरुले उपचारको लागि हारगुहार गरेको यादवले बताए । उनका अनुसार विनाशकारी भुकम्पले मानवीय क्षति हुँदा यहाँका स्थानीयहरु त्रासको उत्कर्षमा देखिएको छ । यहाँ राहत, खाद्यान्न र मेडिकलको अति आवश्यकता छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…