सिरहामा को कति पानीमा ? ताजा मतपरिणाम
क्षेत्र नं. २ मा मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका शत्रुधन सिंह कोईरीले ५७५० मत ल्याएर अग्रस्थानमा

२०७४ मंसिर २३ शनिबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, २२ मंसिर ।
प्रारम्भिक मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ सिरहा निर्वाचन क्षेत्र नं ३ र ४ मा बाम गठबन्धनले अग्रता कायमै राखेको छ भने क्षेत्र नं. १ मा लोकतान्त्रिक गठबन्धन र क्षेत्र नं. २ मा मधेसी गठबन्धनले अग्रता लिइरहनु भएको छ ।
सिरहा निर्वाचन क्षेत्र नं. १ मा काँग्रेसका प्रदीप गिरीले ७७६४ मत ल्याएर सबैभन्दा अग्र स्थानमा रहनु भएको छ भने वाम गठबन्धनबाट नेकपा (एमाले) का गंगाप्रसाद यादवले ६३९६ मत ल्याएर गिरीलाई पछ्याईरहनु भएको छ ।
त्यस्तै, क्षेत्र नं. २ मा मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका शत्रुधन सिंह कोईरीले ५७५० मत ल्याएर अग्रस्थानमा रहनु भएको छ भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र यादवले ५००४ मत ल्याएर मधेसी गठबन्धनका उम्मेदवार कोईरी सँग प्रतिस्पर्धा गरिरहनु भएको छ ।
क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका लीलानाथ श्रेष्ठले १११०९ मत ल्याएर अग्रता लिनुभएको छ भने मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका अशेश्वर यादवले ८८४८ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, क्षेत्र नं. ४ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अजयशंकर नायक (अविनाश) ले ७८१९ मतसहित अग्रस्थान हुनुहुन्छ भने राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले ७४८५ मत प्राप्त गरी नायकसँग प्रतिस्पर्धा गरिरहनु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…