सशस्त्र प्रहरीले समाते ३ मोटरसाईकलसहित १२ लाखको कपडा

२०८० कार्तिक २१ मंगलबार
बिहान ११:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सीमा नाकामा आवश्यक कडाई गर्दै आएको सशस्त्र प्रहरी बल धनुषाले एकै पटक १२ लाख मूल्य बराबरको तस्करीको समान पक्राउ गरेको छ । 

पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनर्वास्थित अड्डा टोल ईलाकाबाट बिओपी ईनर्वाले १२ लाख मूल्य बराबरको समान पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर (सशस्त्र प्रहरी बल धनुषा) का एसपी दिनेश मल्लको विशेष सक्रियतामा सीमा नाकामा अवैद्य कपडा तस्करीलाई निगरानीपछि सो मूल्य बराबरको कपडा बरामद गरिएको हो । 

तीन वटा मोटरसाईकलमा लादेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा गस्तीमा खटेका सशस्त्र प्रहरीले सो मूल्य बराबरको कपडा बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर मातहतको बिओपी ईनर्वाबाट विशेष सुचनाका आधारमा खटिएको टोलिले सोमबार राती ११ बजेको समयमा भारतबाट भन्सार छली तीन वटा मोटरसाईकलमा राखी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । 

अन्दाजी ३ लाख ७५ हजार मुल्य बराबरको कपडा र कपडा ल्याउन प्रयोग गरेको अन्दाजी ४ लाख ५० हजार  मुल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको हो । ज ११ प ६३२१, ज ७ प ८७५६ र प्रदेश २–०२–००१ प ०२०८ नम्बरको मोटरसाईकलसहित अवैद्य कपडा बरामद गरेको हो ।

साथै, सोही रात सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाबाट खटिएको गस्ती टोलिले जनकपुर स्थित महाविर चोकबाट २ वटा मोटरसाईकलमा अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी २ लाख मुल्य बराबरको कपडा र कपडा ल्याउन प्रयोग गरेको अन्दाजी २ लाख मुल्य बराबरको मोटरसाईकल समेत बरामद गरेको हो । 

सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात तस्करहरु मोटरसाईकल र सामान छाडी भागेको सशस्त्र प्रहरी एसपी मल्लले जानकारी दिए । उक्त कपडा र मोटरसाईकल गरी जम्मा १२ लाख २५ हजार बराबरको बरामद सामान आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषा तथा गण मातहत कार्यालयहरुले चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्रै ६० लाख भन्दा बढी मुल्य बराबरको अबैध सामान तथा सामान ओसार पसारमा प्रयोग गरिएका सवारी साधनहरु बरामद गरी आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 33%
  • 0%
  • 67%

भारतको विधानसभा चुनावमा पाँचमध्ये तीन प्रदेशमा मोदीको पार्टी BJP को भारी बहुमत, तेलँगानामा काँग्रेस

  • २०८० कार्तिक २१ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  भारतमा विधानसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले तीन प्रदेशमा बहुमतको सिट ल्याएको छ । मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपाले बहुमत पाएको छ ।

पूरा पढ्नुहोस्

Bureau Menus