टिकटकमा भाईरल हुन यौनाँग प्रदर्शन गर्ने माओवादीको नेतृ निलम्बित
बरालले विभिन्न समयमा विभिन्न नेताहरुसँग तस्विर खिचाएर टिकटकमा हाल्ने, स्तन प्रदर्शन गर्ने, यौनाँग देखाउने भिडियोहरु सार्वजनिक भएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरिएको हो ।

२०८० कार्तिक २१ मंगलबार, बिहान ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकमा अश्लील हर्कत गरेर विवादित बनेकी नेतृ शान्ती बराललाई नेकपा माओवादी केन्द्रले निलम्बन गरेको छ ।
शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैनामैना नगर समितिले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो ।
'पार्टी अनुशासनभन्दा बाहिर गएर आफ्नो विचार व्यवहार प्रस्तुत गर्ने छुट कसैलाई पनि नभएको कुरा पुनः स्मरण गराउन चाहन्छौं,' समितिको विज्ञप्तिमा भनिएको छ । बराल माओवादीको सैनामैना नगर कमिटी सदस्य पदमा रहेकी थिइन् ।
उनीमाथि पार्टीको साङ्गठनिक जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक तथा सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक तथा सांस्कृतिक व्यवहार विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको आरोप लगाइएको छ । “उक्त कारण समेतले निजलाई पार्टी सङ्गठनको सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्य समतबाट निलम्बन गरिएको जानकारी गराउँदछौं,” विज्ञप्तिमा अगाडि भनिएको छ ।
बरालले विभिन्न समयमा विभिन्न नेताहरुसँग तस्विर खिचाएर टिकटकमा हाल्ने, स्तन प्रदर्शन गर्ने, यौनाँग देखाउने भिडियोहरु सार्वजनिक भएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…