जनकपुरः घुम्न आएका पाँच भारतीयबीच गाडिभित्रै कुटाकुट, एक अस्पताल भर्ना 

२०८० कार्तिक १९ आइतबार
बिहान ०८:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल घुम्न आएका पाँच भारतीय पर्यटकबीच गाडीभित्रै कुटाकुट हुँदा एक जना घाईते भएका छन् । 

शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ लादोबेलास्थितको पूलमा बिआर ०६ डिडि ५३३६ नम्बरको गाडीभित्र आफ्नै साथीमा कुटाकुट गरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।

साँझ करिब ६ः३० बजेको समयमा पुलमा गाडीभित्रै कुटाकुट गरी एक जना साथी बेहोस भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीयहरुले गाडीमा अपरहण गरी लैजाँदै गरेको बताएपनि सबै भारतीय र साथीहरु नै रहेको प्रारम्भिक अनुसन्धानलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

उनीहरुल भारत बिहारको सितामढी र मुजफ्पुरको रहेको प्रहरीले जनाएको छ । सितामढी बस्ने बर्ष २५ बर्षको सोनु कुमार , ३१ बर्षिय सुरज राय, बर्ष २२ को मयक कुमार सिँह, हिमान्सु शेखर र ३६ बर्षिय प्रभाकर नामका युवकहरु रहेका छन् । उनीहरुले पाँचै जना एउटै गाडीमा जनकपुर घुम्न आएको बताईएको छ । 

उनीहरुबीच कुनै विषयलाई लिएर गाडीभित्रै झगडा हुँदा सो मध्येका मयक कुमार सिँहलाई निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएको हो । उनी बेहोसी अवस्थामा भेटिएपछि स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएको बताईएको छ । 

सिँहलाई जनकपुरस्थित एक हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अन्य चार जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भईरहेको जनाईएको छ । 

प्रहरीका अनुसार, स्थानीयहरुले अपहरण गरी लैजाँदै गरेको बताएपनि त्यस्तो नदेखिएको बताईएको छ । यस सन्दर्भमा अनुसन्धान भईरहेको छ । 

  • 26%
  • 55%
  • 10%
  • 0%
  • 1%
  • 0%

सयौँ समाजको बीचमा 'सामा' माथि सामुहिक बलात्कार !

  • २०८० कार्तिक १९ आइतबार

सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । तर, विगत केही बर्षदेखि यो पर्वको नाममा विकृति मौलाउँदै गएको अवस्था कसैसँग लुकेको छैनन् ।  झन यस

पूरा पढ्नुहोस्

Bureau Menus