जनकपुरः घुम्न आएका पाँच भारतीयबीच गाडिभित्रै कुटाकुट, एक अस्पताल भर्ना
उनीहरुबीच कुनै विषयलाई लिएर गाडीभित्रै झगडा हुँदा सो मध्येका मयक कुमार सिँहलाई निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएको हो । उनी बेहोसी अवस्थामा भेटिएपछि स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएको बताईएको छ ।

२०८० कार्तिक १९ आइतबार, बिहान ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल घुम्न आएका पाँच भारतीय पर्यटकबीच गाडीभित्रै कुटाकुट हुँदा एक जना घाईते भएका छन् ।
शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ लादोबेलास्थितको पूलमा बिआर ०६ डिडि ५३३६ नम्बरको गाडीभित्र आफ्नै साथीमा कुटाकुट गरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
साँझ करिब ६ः३० बजेको समयमा पुलमा गाडीभित्रै कुटाकुट गरी एक जना साथी बेहोस भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीयहरुले गाडीमा अपरहण गरी लैजाँदै गरेको बताएपनि सबै भारतीय र साथीहरु नै रहेको प्रारम्भिक अनुसन्धानलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनीहरुल भारत बिहारको सितामढी र मुजफ्पुरको रहेको प्रहरीले जनाएको छ । सितामढी बस्ने बर्ष २५ बर्षको सोनु कुमार , ३१ बर्षिय सुरज राय, बर्ष २२ को मयक कुमार सिँह, हिमान्सु शेखर र ३६ बर्षिय प्रभाकर नामका युवकहरु रहेका छन् । उनीहरुले पाँचै जना एउटै गाडीमा जनकपुर घुम्न आएको बताईएको छ ।
उनीहरुबीच कुनै विषयलाई लिएर गाडीभित्रै झगडा हुँदा सो मध्येका मयक कुमार सिँहलाई निर्घात कुटपिट गरी गम्भिर घाईते बनाएको हो । उनी बेहोसी अवस्थामा भेटिएपछि स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएको बताईएको छ ।
सिँहलाई जनकपुरस्थित एक हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अन्य चार जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भईरहेको जनाईएको छ ।
प्रहरीका अनुसार, स्थानीयहरुले अपहरण गरी लैजाँदै गरेको बताएपनि त्यस्तो नदेखिएको बताईएको छ । यस सन्दर्भमा अनुसन्धान भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…