प्रसिद्ध गायिका कल्पना पटोवारीले झुमाईन जनकपुर, परम्पारिक गीतले जनकपुरवासी मुग्ध
वर्तमान समयमा तराई मधेशमा ओरकेष्ट्रा, अश्लिल हाउभाउको छाडा नाच, छाडा कार्यक्रम आयोजना गर्ने आयोजकहरुलाई झापड हान्दै कल्पनाले जनकपुरवासीलाई छठको गीत, भक्तिगीत, शिव भजनमै झुमाउन सफल भईन् ।

२०८० कार्तिक १८ शनिबार, बिहान ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा पहिलो पटक आयोजना गरिएको भूमि फोक फेस्टमा भोजपुरी गायिका कल्पना पटोवारीले जनकपुरवासीलाई झुमाइन् ।
जनकपुरको तिरुतुहिया गाछीमा आयोजना गरिएको भूमि फोक फेष्टीवलमा भोजपुरी सिने जगतकी सुप्रसिद्ध एवम् चर्चित गायिका कल्पना पटोवारीले पाराम्पारिक गीतले जनकपुरवासीलाई झुमाउन सफल भईन् ।
दोहोर अर्थको गीत, डिजेसिजे, धमकदार, अश्लिल शब्दको प्रयोग भएको गीतले मात्र नभई पाराम्पारिक गीत र धार्मिक गीतमा पनि मनोरञ्जन भरपूर गराउन सकिन्छ भनेर नजिर कायम गर्न सफल भईन् ।
वर्तमान समयमा तराई मधेशमा ओरकेष्ट्रा, अश्लिल हाउभाउको छाडा नाच, छाडा कार्यक्रम आयोजना गर्ने आयोजकहरुलाई झापड हान्दै कल्पनाले जनकपुरवासीलाई छठको गीत, भक्तिगीत, शिव भजनमै झुमाउन सफल भईन् ।
चर्चित एवम् राईजिँग स्टार भनेर चिनिने जनकपुरकी शिवानी भगत र देव अहिररावले राम सियाराम गीतमै जनकपुरवासीलाई झुमाउन सफल भए ।
कल्पना पटोवारीका साथै जनकपुरका चर्चित गायक ललित कामतले समेत पाराम्पारिक गीतमै जनकपुरवासीलाई मुग्ध बनाए । जनकपुरधाममा भूमि फोक फेष्टले पौराणिक परम्परालाई ताजगी भरिदिएको हो ।
गाउँ शहरमा विभिन्न चाडपर्व, उल्लासको क्रममा नचाईने महिला नर्तकीभन्दा लाखौँ गुणा सभ्य, शिष्ट र पाराम्पारिक साँगितिक कार्यक्रमले जनकपुरवासीलाई मनमुग्ध बनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…