
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा पहिलो पटक आयोजना गरिएको भूमि फोक फेस्टमा भोजपुरी गायिका कल्पना पटोवारीले जनकपुरवासीलाई झुमाइन् ।
जनकपुरको तिरुतुहिया गाछीमा आयोजना गरिएको भूमि फोक फेष्टीवलमा भोजपुरी सिने जगतकी सुप्रसिद्ध एवम् चर्चित गायिका कल्पना पटोवारीले पाराम्पारिक गीतले जनकपुरवासीलाई झुमाउन सफल भईन् ।
दोहोर अर्थको गीत, डिजेसिजे, धमकदार, अश्लिल शब्दको प्रयोग भएको गीतले मात्र नभई पाराम्पारिक गीत र धार्मिक गीतमा पनि मनोरञ्जन भरपूर गराउन सकिन्छ भनेर नजिर कायम गर्न सफल भईन् ।
वर्तमान समयमा तराई मधेशमा ओरकेष्ट्रा, अश्लिल हाउभाउको छाडा नाच, छाडा कार्यक्रम आयोजना गर्ने आयोजकहरुलाई झापड हान्दै कल्पनाले जनकपुरवासीलाई छठको गीत, भक्तिगीत, शिव भजनमै झुमाउन सफल भईन् ।
चर्चित एवम् राईजिँग स्टार भनेर चिनिने जनकपुरकी शिवानी भगत र देव अहिररावले राम सियाराम गीतमै जनकपुरवासीलाई झुमाउन सफल भए ।
कल्पना पटोवारीका साथै जनकपुरका चर्चित गायक ललित कामतले समेत पाराम्पारिक गीतमै जनकपुरवासीलाई मुग्ध बनाए । जनकपुरधाममा भूमि फोक फेष्टले पौराणिक परम्परालाई ताजगी भरिदिएको हो ।
गाउँ शहरमा विभिन्न चाडपर्व, उल्लासको क्रममा नचाईने महिला नर्तकीभन्दा लाखौँ गुणा सभ्य, शिष्ट र पाराम्पारिक साँगितिक कार्यक्रमले जनकपुरवासीलाई मनमुग्ध बनाएको हो ।
मधेशमा प्रयाप्त मलखाद भएपनि प्रदेश सरकार कालाबजारीमाः पूर्व कृषिमन्त्री कुशवाहा
- २०८० कार्तिक १८ शनिबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्व कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले पर्याप्त मल खाद्य भएपनि प्रदेश सरकार कालाबजारी गरिरहेको आरोप लगाएका छन् । प्रदेशसभामा बोल्दै पूर्वमन्त्री कुशवाहाले आफू मन्त्री रहेकै बेला
पूरा पढ्नुहोस्