"राम कसम" को रेकर्डिङग सम्पन्न, म्यूजिक भिडियोको छायाँकन हुँदै
न्यूज ब्यूरो | जनकपुरधाम, १८ जेठ । स्टार गायक रुद्रसेन विश्वकर्माको नयाँ एल्बम "राम कसम" को रेकर्डिङग सम्पन्न भएको छ । केही वर्ष अघि रिलिज गरिएको साँगितिक एल्बम " मनको राजा" को दोस्रो भाग स्वरुप राम कसम नामको एल्बम रिलिज गर्न लागेको हो । गीति एल्बम मनको राजाको गीतहरुमध्ये राम कसम तिम्रो हलकट छ जवानी

२०७५ जेठ १८ शुक्रबार, बेलुकी ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १८ जेठ । स्टार गायक रुद्रसेन विश्वकर्माको नयाँ एल्बम "राम कसम" को रेकर्डिङग सम्पन्न भएको छ ।
केही वर्ष अघि रिलिज गरिएको साँगितिक एल्बम "मनको राजा" को दोस्रो भाग स्वरुप राम कसम नामको एल्बम रिलिज गर्न लागेको हो ।
गीति एल्बम मनको राजाको गीतहरुमध्ये राम कसम तिम्रो हलकट छ जवानी गीत सर्वाधिक लोकप्रिय भएको थियो ।
पिआर इन्टरटेन्मेन्टको प्रस्तुति र गायक रुद्रसेन विश्वकर्मा स्वरमा सुसज्जित गीति एल्बम राम कसममा गायिका साहिमा श्रेष्ठको समेत सुमधुर स्वर सजाइएको हो ।
एल्बममा गायक विश्वकर्माले स्वयँ गीतकार र सँगीतकार छन् भने प्रदिप रसाईलीले निर्देशन गरेका हुन् ।
रुद्रसेन विश्वकर्माको मनको राजा एल्बम दर्शकमाझ सर्वाधिक लोकप्रिय भएको थियो भने त्यही एल्बमको दोस्रो भाग राम कसम समेत दर्शकले रुचाउने विश्वास लिइएको छ ।
सँगीतको दुनियाँमा रुद्रसेन विश्वकर्मा एक परिचित नाम हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…