न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाको मिर्चैया बस्ने एक युवकले केही युवतिहरुलाई हनिट्रयापमा पारेर जिन्दगी बर्बाद गर्ने गरेको आरोप लगाईएको छ ।
युवति, किशोरीहरुलाई हनिट्रापमा पारी उनीहरुसँग सम्बन्ध बनाएर ब्लैकमेलसम्म गर्ने गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ ।
काठमान्डौँस्थित गौशालास्थित कन्सल्टेन्सी सँचालन गरेका सिरहा मिर्चैया बस्ने चन्देश्व साहका छोरा ३० बर्षिय श्रवण कुमार साहले युवति र किशोरीहरुलाई प्रेमजालमा पारी ब्लैकमेल गर्दै आएको तथ्यसहित प्रहरीमा उजुरी गरेको हो ।
यसअघि समेत उनीमाथि गौशाला प्रहरीमा ब्लैकमेल र साईबर अपराध सम्बन्धी मुद्दा परेको थियो । त्यस बखत धनुषा जिल्लाकी एक किशोरीलाई आफू अविवाहित हुँ भनी प्रेमजालमा पारेको आरोप छ । अविवाहित भएको र विहे गर्छु भनेर झुठो प्रलोभन देखाईपछि आफू विवाहित हुँ भनेर छाड्ने गरेको आरोप उनीमाथि छ ।
मिर्चैयाका श्रवण कुमार साहले केही युवतिहरुलाई विवाहोपरान्त पनि ब्लैकमेल गर्ने गरेको आरोप छ । उनले युवतिको श्रीमानलाई जथाभावी मेसेज गरेर ब्लैकमेल गर्न खोजेको आरोपसहित जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरिएको हो ।
यसका साथै, साहले आफूसँग शारिरिक सम्पर्क राख्नको लागि पटक पटक दबाब दिदैँ त्यस्तो नगरेको खण्डमा टिकटक, फेसबुकमा दर्जन बढी फेक आईडी बनाए युवति, किशोरीहरुको तस्विर, अर्धनग्न तस्विरहरु राखेर ब्लैकमेल गर्ने गरेको आरोप छ ।
“पहिला अविवाहित हुँ भनेर प्रेमजालमा फँसाउँछन्, पछि विवाहित हो भनेर यकिन गर्न लगाउँछन् । उनीबाट छुट्न गाह्रो बनाउँछन् । उनले चाहेको बेलामा जहाँ मन लागे बोलाउँछन् । कन्सल्टेन्सीमा फर्म भर्न आउनेहरुको कागजात दुरुपयोग गरी दर्जनौँ सिमकार्ड लिएर ब्लैकमेल गर्ने गरेको छ ।”– पीडित एक युवतिले बताइन् ।
फेसबुकहरुमा नयाँ नयाँ फेक आईडी बनाएर आफू लगायत अन्य युवति, किशोरीहरुलाई समेत सोही तरिकाले प्रेमजालमा फँसाएर ब्लैकमेल गर्ने गरेको आरोप छ । उनले अहिले पनि दर्जनौ युवति किशोरीहरुलाई फँसाएर यही हर्कत गरिरहेको आरोप छ ।
यता, सो सन्दर्भमा आरोपित श्रवण कुमार साहले आफूमाथि झुठो आरोप लगाएको बताए । उनले आरोप लगाउने मान्छे नै आफूलाई ब्लैकमेल गरेको दाबी गरे । सो सन्दर्भमा उनले थप केही नबताउँदै सबै मुद्दाहरु गौशाला प्रहरीमा रहेको र सबुत प्रमाणहरु समेत मात्र प्रहरीलाई दिएको बताए ।
उनले गौशाला प्रहरीमै केही महिना अगाडी सम्पर्क नगर्ने गरी बोन्ड बनेको बताउँदै उनले नै समाजिक सँजाल मार्फत आफ्नो परिवारको मानहानी गरेको आरोप लगाए ।
यता, श्रवण साहको बारेमा मिर्चैयास्थित स्थानीयहरुसँग गोप्य रुपमा सोधखोज गर्दा उनी सोही प्रकृतिको मान्छे रहेको प्रतिक्रिया दिइयो । घरमा श्रीमति र छोराछोरी हुँदाहुँदै यस्ता प्रकृतिको कार्यमा बढी सक्रिय रहेको प्रतिक्रिया दिइएको हो ।
उनले गरेको मेसेजहरुको स्क्रीनट सुरक्षित छ ।
भारतको राजधानी दिल्लीमा बम आक्रमणको चेतावनी, सुरक्षा टाईट
- २०८० कार्तिक १४ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको राजधानी नयाँ दिल्लीमा रहेका विभिन्न सपिङ मलमा बम आक्रमणको चेतावनीपछि सुरक्षा सतर्कता बढाइएको छ । दिल्ली प्रहरीका अनुसार चाणक्य मल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने
पूरा पढ्नुहोस्