जनकपुरः 'प्रिया जल' कम्पनी पानीको जारमा पेट्रोल, पानी खाँदा एक जना अस्पताल भर्ना
यता, प्रिया जलका सँचालकले जारमा अदलाबदली भएको हुन सक्ने प्रतिक्रिया दिएका छन् । पानीको जारमा पेट्रोल कहाँ बाट आयो भनेर अनभिज्ञता प्रकट गर्दै उनले विद्यार्थीसँग कुरा भईरहेको बताए ।

२०८० कार्तिक १४ मंगलबार, बिहान ७:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरस्थित रहेको प्रिया जल कम्पनीको पानीको जारमा पेट्रोल भेटिएको छ । एक विद्यार्थीले नियमित मगाउँदै गरेको प्रिया जल कम्पनीको पानीको जारमा पेट्रोल भेटिएको हो ।
सिल प्याक पानीको जारमा पेट्रोलको गन्ध समेत भेटिएको छ । सुरुमा जारबाट एक ग्लास पानी निकालेर खाएपछि पेट्रोलको गन्ध आएको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ देवीचोकस्थित फ्याक्ट्री रहेको प्रिया जल कम्पनीको पानी खाँदा एक जना विरामी परेका हुन् ।
विरामी पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ इनरबा बस्ने ईन्द्रजीत गोईत रहेका छन् । आईतबार बिहान पानीको जार मगाएर पानी खाएपछि उनको अचानक पेट दुख्न थालेको थियो । पेटदुखेपछि पानीमा हेर्न जार अन्त्यै फोहरी र पानीको माथि पेट्रोल तैरिरहेको अवस्थामा देखेपछि उनले भिडियो तस्विर तानेर राखे ।
स्वास्थ्य अवस्था बिग्रेपछि उनले कम्पनीलाई फोन गर्दा कम्पनीले कुनै वास्ता नगरेपछि उनी जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गराएका छन् । उनले सोमबार नै उजुरी दर्ता गराएको बताएका छन् ।
यता, प्रिया जलका सँचालकले जारमा अदलाबदली भएको हुन सक्ने प्रतिक्रिया दिएका छन् । पानीको जारमा पेट्रोल कहाँ बाट आयो भनेर अनभिज्ञता प्रकट गर्दै उनले विद्यार्थीसँग कुरा भईरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…