धनुषामा नचनिया प्रिति पासमानको टोलीमाथि चप्पल जुत्ता प्रहार, स्टेज छाडेर भागे नचनियाहरु
यता, ईलाका प्रहरी कार्यालय सबैलाले नियम विपरित अश्लिल प्रकारको नाच नचाउन थालेपछि बन्द गराउन जाँदा झडप उत्पन्न भएको बताए । ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक सुन्दर चौलागाईका अनुसार, उत्तेजित भीडले प्रहरीमाथि समेत ढुँगामुढा गर्दा ३ जना प्रहरी घाईते भएको बताएका छन् ।

२०८० कार्तिक ६ सोमबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नचनिया प्रिति पासवान र उनका नचनीय टिममाथि दर्शकहरुले ढुँगामुढा र चप्पल जुत्ता प्रहार गरेको छ ।
सोमबार धनुषाको सबैलामा नाच्न आएकी नचनिया पासवान र उनका नाच टोली उपर मेला हेर्न आएका दर्शकहरुले चप्पल जुत्ता र ढुँगामुढा प्रहार गरेको हो ।
जानकारी अनुसार, पासवानले उच्छृँग डान्स, अश्लिल हाउभाउको डान्सले उत्तेजित भीडले उनीमाथि ढुँगामुढा, चप्पल जुत्ता प्रहार गरेको हो । प्रत्यक्षदर्शीहरुका अनुसार, नाच्ने क्रममा उत्तेजित भीडले उनीमाथि बियरको बोतल समेत प्रहार गर्न थालेपछि उनी स्टेज छाडेर भागेको बताईएको छ ।

यता, ईलाका प्रहरी कार्यालय सबैलाले नियम विपरित अश्लिल प्रकारको नाच नचाउन थालेपछि बन्द गराउन जाँदा झडप उत्पन्न भएको बताए । ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक सुन्दर चौलागाईका अनुसार, उत्तेजित भीडले प्रहरीमाथि समेत ढुँगामुढा गर्दा ३ जना प्रहरी घाईते भएको बताएका छन् ।
नचनियाहरुलाई बचाउने क्रममा प्रहरी घाईते भएको प्रहरी नीरिक्षक चौलागाईले जानकारी दिए । नचनियाहरुमाथि ढुँगामुढा र चप्पल जुत्ता प्रहार गर्न थालेपछि केही नृत्याँगनालाई समेत चोट पटक लागेको हो । उनीहरुलाई सेफ्टी बुथ मार्फत सुरक्षा दिएर भगाएको बताईएको हो ।
विभिन्न ठाउँबाट नाच हेर्न गएका दर्शकहरु, टिकटोकियाहरुले उनीमाथि बियर बोतल, चप्पल जुत्ता प्रहार गरेको थियो । (स्थानीय भाषामा नर्तकीलाई नचनियाँ भने अनुसार नचनिया उल्लेख छ )
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…