धनुषाको कमला नगरपालिकामा "भत्ता" विवाद
न्यूज ब्यूरो | जनकपुरधाम, १८ जेठ । धनुषा जिल्लामै स्थानीय तहमा शून्य विकासको मुखमा रहेको धनुषाको कमला नगरपालिकामा पुनः समाजिक सुरक्षा भत्ता विवाद चुलिएको छ । नगरपालिकाको वडा नं. ८ मा वडा सचीव राम केवल मण्डलले समाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोप लगाइएको छ । गत जेठ ९ गते मात्र प्रथम चौमासिक सम

२०७५ जेठ १८ शुक्रबार, बिहान ११:१७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १८ जेठ । धनुषा जिल्लामै स्थानीय तहमा शून्य विकासको मुखमा रहेको धनुषाको कमला नगरपालिकामा पुनः समाजिक सुरक्षा भत्ता विवाद चुलिएको छ ।
नगरपालिकाको वडा नं. ८ मा वडा सचीव राम केवल मण्डलले समाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोप लगाइएको छ ।
गत जेठ ९ गते मात्र प्रथम चौमासिक समाजिक सुरक्षा भत्ताको निकासा भएको हो । निकासापछि समाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोप स्थानीयहरुले लगाएका छन् ।
विगत १५ दिनदेखि वडा सचिव रामकेवल मण्डल कार्यालय पुगेको छैन । समाजिक सुरक्षा भत्ता बाँडीरहेको छैन । एक स्थानीय नाम नखोल्ने शर्तमा जानकारी दिए ।
यता, समाजिक सुरक्षा भत्ता बारे वडा सचिव मण्डलसँगको कुराकानीमा गत जेठ ९ गते मात्र निकासा भएको समाजिक सुरक्षा भत्ता १० गते मात्र हातमा आईसकेको र सूचिमा नाम भएकोलाई बाँडी समेत सकेको बताए ।
उनले भने, "१० गते मात्र हाम्रो हातमा रकम आयो । वैद्यानिक जति सूचिमा रहेकोलाई हामी वृद्ध भत्ता बाँडीसकेका छौँ । केही जना मात्र छुटाएका छन् जसमध्ये केही वैद्यानिक वृद्ध भत्ता पाउने व्यक्ति हुन भने केही अवैद्यानिक । त्यो यकिन गरेर मात्र उपलब्ध गराउनेछौँ ।"
वडामा सूचि बमोजिम १ सय ६ जना बालबालिहरुको समेत समाजिक सुरक्षा भत्ता बाँकी रहेको स्वीकार गर्दै वडा सचिव मण्डलले भपाईको कागजात वडाध्यक्षसँग रहेकोले त्यो भपाई गराएर छुटेका बालबालिकाहरुको समेत यहि २ ३ दिनभित्र रकम वितरण गर्ने बताए ।
उनले भने, "केही स्थानीयहरु ममाथि आरोप त्यतिकै निराधार लगाउँछन् । यदि म कार्यालयमा १५ दिनदेखि उपस्थित नै छैन भने समाजिक सुरक्षा भत्ता कसले बाँडीदियो त ? जबकी ९ गते मात्र निकासा भएको छ र आज १८ गते भएको छ । मेरो घरमा ठुला दाईको देहान्त भएर क्रियाक्रममा लागेको छु र दुईदिन देखि कार्यालय जान पाएको छैन यो सत्य हो । कसैको घरमा यस्तो घटना हुँदा कार्यालय कसरी जाने ? तैपनि सकेजति काम गरेकै छु ।"
यता, वडाध्यक्ष मरिकले भने केही व्यक्तिहरुको वृद्ध भत्ता बाँकी रहेको छ भने १ सय ६ बालबालिकाहरुको समेत रकम वितरण बाँकी रहेकोमा सहमति जनाएपनि विगत एक सातादेखि कार्यालयमा अनुपस्थित भएको आरोप लगाए ।
मरिकले भने, "वडा सचिव मण्डल आफूखुसी कार्यालयमा आउने गरेको छ । विगत एक सातादेखि कार्यालयमा उपस्थित भएको छैन । यसको गुनासो म माथिल्लो निकायमा गरिसकेको छु । सचिवको अनियमितता बारे मेयर र नगरपालिलाका प्रशासकीय अधिकृतलाई समेत जानकारी गराईसकेको छु । रकम वितरणमा अनियमितता गरेको छ ।"
यसबारे नगरपालिकाका अधिकृत विपिन कर्णले वडा सचिवको बारेमा समाजिक सुरक्षा भत्ता वितरण बारे गुनासो आएको बताउँदै त्यो गुनासोलाई यकिन गरिरहेको बताए ।
केही महिनाअघि मात्र वडाध्यक्ष मरिक र वडा सचिव मण्डलबीच चर्को विवाद उत्पन्न भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…