'राजदेवी मन्दिरमा बहुमूल्य गर–गहना, मोटो रकम नलिएर दर्शन गर्न आऔँ'
समितिले महिलाले गुनासो गरेको स्थानामा सिसिटिभी नै नरहेको बताएको छ । समितिका राकेश विक्रम साहले भने, –“जहाँ चोरी भएको छ त्यहाँ सिसिटिभी क्यामेरा नै जडान भएको छैन, प्राँगनभन्दा अलिक पर चोरी भएको बताईएको छ । यद्यपी, त्यसको पुष्टि भने गरिएको छैन् । १ लाख रुपैयाँ लिएर मन्दिर को आउँला र ? र आउनु पनि किन पर्यो ? गर गहना, नगद बोकेर नआऔँ ।

२०८० असोज २९ सोमबार, बेलुकी ६:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको राजदेवी मन्दिरबाटै एक महिलाको रकम चोरी भएपछि व्यवस्थापन समितिले बहुमूल्य गर गरहना वा मोटो रकम बोकेर दर्शन गर्न नआउन आग्रह गरेको छ ।
आयोजक महावीर युवा कमिटिले पटक पटक बहुमूल्य गर गहना वा मोटो रकम लिएर मन्दिर मेलामा नआउन आग्रह गरेपनि दर्शनार्थीहरुले नमानेको गुनासो गरिएको छ । समितिले चारै तर्फ सिसिटिभी क्यामेरा लगाएर सुरक्षा प्रदान गरेको अवस्थामा मन्दिर परिसरभित्रैबाट एक महिलाको १ लाख रुपैयाँ चोरी भएको हो ।
भीडभाडमा चोर, उचक्का, पाकेटमार, लुटेराहरु समेत घुम्ने भएकोले सावधानी अपनाउन आग्रह गरेको हो । समितिले एक सूचना जारी गर्दै विगतको घटनाहरुलाई नियाल्दै राजदेवी माता दर्शनको लागि आउँदा सादा रुपमा आउन आग्रह गरेको हो ।
देखावटीको चक्करमा लुटिने गरेको घटनालाई मध्यनजर गर्दै समितिले गर गहना, अधिक रकम बोकेर नआउन आग्रह गरेको हो ।
समितिले महिलाले गुनासो गरेको स्थानामा सिसिटिभी नै नरहेको बताएको छ । समितिका राकेश विक्रम साहले भने, –“जहाँ चोरी भएको छ त्यहाँ सिसिटिभी क्यामेरा नै जडान भएको छैन, प्राँगनभन्दा अलिक पर चोरी भएको बताईएको छ । यद्यपी, त्यसको पुष्टि भने गरिएको छैन् । १ लाख रुपैयाँ लिएर मन्दिर को आउँला र ? र आउनु पनि किन पर्यो ? गर गहना, नगद बोकेर नआऔँ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…